काष्ठमण्डपका थाम ठड््याइए

लक्ष्यबमोजिम काम भइरहेको छ — समिति

चन्द्रमणि भट्टराई
माघ २७

 

DSC_7100काठमाडौं । आइतबार काष्ठमण्डपका ४ वटा मुल थाम (प्यगँ थाँ) ठड््याइएका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुननिर्माण गर्ने क्रममा थाम राखिएका हुन् । निर्माण स्थलमा थाम पु¥याउनु अघि हनुमान ढोका अगाडि, श्वेत भैरवको सामुन्ने महानगरका प्रमुख बिद्यासून्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी संकल्प पूजा गर्नुभएको थियो । यसरी गरिएको संकल्प पूजा, बज्रयान पद्धतिबाट सम्पत्तिरत्न बज्राचार्यले र बैदिक पद्धतिमा महेश्वर जुजुले गराउनुभएको थियो । पूजामा जीवित देव गणेश, भैरव, मखँ कुमारीलाई पनि सहभागी गराइएको थियो भने पुननिर्माण समितिका संयोजक एवं प्रदेश सभा सदस्य राजेश शाक्य, संघ तथा प्रदेश सभाका सदस्यहरु, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुसँगै स्थानीयबासीको बाक्लो उपस्थिति थियो ।

पूजा सकिएपछि महानगरका प्रमुख शाक्यले थामहरु काष्ठमण्डप पुननिर्माणका मुख्य नाइके लक्ष्मीभक्त राजचललाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि सबैभन्दा ठूलो थामलाई भिंद्य त्वाका त्वग त्वा खल, दोश्रोलाई अशोक बिनायक गुठी र तेश्रोलाई मखं ज्यापु गुठीका गुठीयारले परम्परागत रुपमा बाँसमा बाँधेर निर्माण स्थलमा पु¥याएका थिए । पुननिर्माण समितिका संयोजक शाक्यका अनुसार मुल थाममध्येको एउटा पुरानै थाम हुनेछ । अग्राखका यी थामहरु २५ फिट लम्बाई र १४×१४ गोलाकार छन् ।


काष्ठमण्डप काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पुननिर्माण भइरहेको छ । यसका लागि महानगरले पहिलो पटक ५० लाख र दोश्रो पटक ५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । काष्ठमण्डप पुननिर्माणका लागि अहिलेसम्ममा २६ हजार ६७६ वटा माः अप्पा प्राप्त भइसकेका छन् । पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनप्रयोग गर्न सकिने अवस्थामा छन् । अध्यक्ष शाक्यकाअनुसार — अहिलेसम्ममा ८१४ दशमलव ५२ क्युविक फिट काठ प्राप्त भइसकेको छ । आउँदो असार मसान्तसम्ममा पहिलो तल्ला सम्मको काम सम्पन्न गर्ने लक्ष्य राखेर समितिले काम गरिरहेको छ ।

 

यसमा तपाइको मत