ल्याण्डफिल्ड साइटको अवस्था बुझ्न मेयर शाक्य, सिसडोल र बञ्चरे डाँडामा

DSC_4232

आउँदो बर्खा अघि नै बञ्चरे डाँडाको पूर्वाधार तयार पार्न सहरी विकास मन्त्रालयलाई अनुरोध

 

 

चन्द्रमणि भट्टराई
माघ १७

 

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, स्यानिटरी ल्याण्डफिल्ड साइटको अबस्था बुझ्न बिहीबार सिसडोल पुग्नुभयो । उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागिएको बञ्चरे डाँडाको अबस्थाको स्थलगत जानकारी लिन मेयर शाक्य, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली, काठमाडौं महानगरका सहसचिव भरत अर्याल, महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोल र वातावरण व्यवस्थापन र पूर्वाधार बिकास बिभागका अधिकारीसहित त्यहाँ पुग्नु भएको हो । सो स्थलगत भ्रमण अवलोकनका क्रममा संघीय संसद सदस्य रामबीर मानन्धर पनि सहभागी हुनुहुन्थ्यो ।

टोली पहिले बञ्चरे डाँडा गएको थियो । त्यहाँको अबस्था बुझिसकेपछि मेयर शाक्यले — आउँदो बर्खायाम अघि नै बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको काम थालनी गर्ने गरी पूर्वाधार बिकास गर्न मन्त्रालयका अधिकारीलाई आग्रह गर्नुभयो । सिसडोलको क्षमता बढाउन सकिने अबस्था छैन । हामीले अर्को बिकल्प पनि सोचेका छैनौं । त्यसैले बञ्चरे डाँडाको पूर्वाधार बिकासलाई प्राथमिकतासाथ अघि बढाउनु प¥यो, मेयर शाक्यको जोड थियो । त्यस क्रममा, बञ्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनाली — माटो परीक्षणको काम थालिएको जानकारी दिनुभयो । यसलाई दुईवटा प्याकेज बनाउँदा एक अर्काको मुख हेरेर काम झन् ढिलो हुने सम्भावना छ । त्यसैले हामी एउटै प्याकेजमा काम गर्ने सोचमा छौं । यसका लागि ५ ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण हुँदैछ । यसबाट प्राप्त नतिजाका आधारमा डिजाइन हुने, बोलपत्र आव्हान हुने काम हुन्छ, उपमहानिर्देशक मैनालीको भनाइ थियो ।

DSC_3917बञ्चरे डाँडापछि टोली सिसडोल फर्कियो । त्यसपछि टोलीले सिसडोलको भ्याली २ (२०६२ सालमा फोहोर व्यवस्थापन गर्न थालिएको ठाउँ) र त्यसपछि भ्याली १ को अबलोकन ग¥यो । त्यस क्रममा वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले, फोहोर नुवाकोट पु¥याउँदाका नीतिगत व्यवस्थाका बिषयमा स्मरण गराउनुभएको थियो भने फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले, भ्याली १ र २ को लेण्ड स्केपिङ् (उबडखाबड) मिलाएर साइटको सौन्दर्यीकरणमा काम गर्नु पर्ने आवश्यकता देखाउनुभयो । त्यस क्रममा स्थानीय केही युवाले साइटमा क्यापिङ् गर्न (माटो उपलब्ध गराउने प्रयोजनका लागि) आफूहरु लिजमा जग्गा दिन तयार रहेको बताउनुभएको थियो ।

त्यस क्रममा मेयर शाक्यले फोहोर ढुबानी र अन्तिम व्यवस्थापनमा भइरहेका कामका बिषयमा जानकारी लिनुभयो । स्थलगत भ्रमण सकिएपछि मेयर शाक्यले — अब तत्काल गर्नुपर्ने कामको योजना बनाउन वातावरण व्यवस्थापन विभागलाई निर्देशन दिनुभयो भने संघीय संसद सदस्य रामबीर मानन्धरले — दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । सो क्रममा महानगरका सहसचिब भरत अर्यालले — प्राविधिक दृष्टिले भ्याली १ र २ मा पर्खाल उठाएर ल्याण्ड स्केपिङ् गर्न सकिने बताउनु भएको थियो ।

सिसडोलबाट बञ्चरे डाँडा पुग्ने करीब २ किलोमिटर सडकको स्तर उन्नति र कालोपत्रे गर्ने काम सडक विभागबाट शुरु भइसकेको छ ।

 

 

यसमा तपाइको मत