मेरो वडाको बिकासमा महिला सहभागिता नमूना छ — वडाध्यक्ष के. सी.

वडा क्षमता बिकासका काम थप गर्ने सुरमा


चन्द्रमणि भट्टराई
माघ १६

DSC_3198काठमाडौं । काठमाडौं महानगरको वडा १० का अध्यक्ष रामकुमार के. सी. ले आफ्नो वडाको बिकासमा महिलाहरुको सहभागिता नमूना रहेको दावी गर्नुभएको छ । हामीले चलाएका तालिममा सहभागी १६४ जनामध्ये १०१ जना त महिला नै हुनुहुन्छ । यसबाट थाहा हुन्छ, बिकासमा महिलाहरुको कति चासो छ । वडाले साथी नामक संस्थाको सहयाृगमा सञ्चालन गरेको, महिला क्षमता अभिवृद्धिका लागि सीपमुलक हाते झोला बनाउने तालिम समापनका अवसरमा मंगलबार सहभागीलाई प्रमाण पत्र हस्तान्तरण गर्दै वडाध्यक्ष के. सी. ले महिला सहभागिताको प्रशंशा गर्नुभएको हो ।

वडाध्यक्षले मात्र होइन, कार्यक्रममा अतिथिका रुपमा सहभागी हुनु भएका सहकारी बिभागका प्रमुख नमराज ढकालले पनि समाज रुपान्तरणमा महिला अघि बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । काठमाडौंमा करीव २८०० वटा सहकारी छन् । तीमध्ये करीब १८५६ सहकारीलाई महानगरको सहकारी विभागले हेर्छ । सहकारी संस्था र तिनमा महिला सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले थप्नुभयो — यी सहकारीमा करीब ५२ प्रतिशत महिला सदस्य हुनुहुन्छ । महिलाको आर्थिक शशक्तिकरणका लागि यो महत्वपूर्ण उपलब्धी हो ।


तालिममा सहभागी ईश्वरी श्रेष्ठले तालिमका लागि समय थप गर्नु पर्ने माग गर्नुभयो भने प्रशिक्षक सुबासदेवी गजुरेलले — घरमै बसेर खेर जाने बस्तुलाई आय आम्दानी गर्ने बस्तुमा परिवर्तन गर्न सकिने बताउनु भयो । ३० जना महलिा सहभागी तालिम सञ्चालनमा सहकार्य गरेको साथी नामक संस्थाकी अध्यक्ष सरिता सापकोटा — नियमित अभ्यास गर्दै जाने हो भने सीप निखारिँदै जाने सुझाब दिनुहुन्छ । हामी महिलाको क्षमता बिकासकै लागि काम गर्छौ । यस्ता तालिमबाट धेरै महिलाको जीवनमा सकारात्मक परिवर्तन आएको देखेकी छु ।

 

 

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत