सामुदायिक विद्यालयको खर्च व्यवस्थापनमा निगरानी बढाउँदै महानगर


सामुदायिक बिद्यालय लेखा व्यवस्थापन अभिमुखकीकरण

 

चन्द्रमणि भट्टराई
माघ १६

 

DSC_3112काठमाडौं । सामुदायिक विद्यालय सञ्चालन गर्दा हुने आम्दानी र खर्च व्यवस्थापनमा महानगरले निगरानी बढाएको छ । यसका लागि शिक्षा बिभागले मंगलबारबाट सामुदायिक बिद्यालय लेखा व्यबस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम थालेको छ । महानगरभित्रका ९१ वटा बिद्यालयलाई चार समूह बनाएर ४ दिनमा कार्यक्रम सकिने विभागका प्रमुख सीताराम कोइरालाको भनाइ छ । अभिमुखीकरणको पहिलो दिन नन्दी, बौद्ध, पशुपति मित्र र रत्नराज्य श्रोत केन्द्र मातहत बिद्यालयका प्रधानाध्यापक र लेखापाललाई सहभागी गराइएको थियो ।

खर्च धेरै होस् कि थोरै, जति भए पनि सरकारी खर्चलाई जथाभावी गर्न पाइँदैन । यसरी गरिने खर्चलाई प्रचलित ढाँचमा अभिलेख राख्नुपर्छ, महानगरका सहसचिव डा. टोकराज पाण्डे भन्नुहुन्छ — समाजमा असल व्यवहार सिकाउने विद्यालयको लेखा प्रणाली पनि असल नै हुनुपर्छ । बिद्यालय आचरण सिकाउने ठाउँमा हो, त्यस्तो ठाउँको गरिमा घट्न नदिन लेखा प्रणाली सुधारमा काम थालेका हौं । अभिमुखीकरणमा सामुदायिक बिद्यालयको लेखापरीक्षण कार्यविधि २०७५, निकासा र खर्च प्रतिवेदन र आय, आन्तरिक लेखा परीक्षण र समपरीक्षण सम्बन्धि जानकारी दिइनेछ ।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै शिक्षा बिभागका प्रमुख सीताराम कोइराला भन्नुहुन्छ — सामुदायिक विद्यालयको प्रभावकारी र दक्ष लेखा प्रणाली हाम्रो चासो हो । आर्थिक शुशासन, मितव्ययी खर्च र खर्चको पारदर्शितामा सधै सचेत हुनुपर्छ । सामुदायिक बिद्यालय स्थानीय सरकारमातहतमा आएपछि उसको लेखा परीक्षणमा स्थानीय सरकारले काम गर्न थालेको हो । महानगरको ान्तरिक लेखा परीक्षण शाखा प्रमुख गोपालप्रसाद पोख्रेलका अनुसार — आ. व. २०७५÷०७६ को आन्तरिक लेखा परीक्षण कार्य थालनी भइसकेको छ । महानगरको आन्तरिक लेखा परीक्षण शाखाले — बिद्यालयको बेरुजु फस्र्यौट र श्रेस्ता व्यवस्थापनमा सहजीकरण गर्नेछ ।

लेखा व्यवस्थापन गर्ने कामको छुट्टै ढाँचा हुन्छ । सामुदायिक विद्यालयले यसको पूर्ण पालना गर्नुपर्छ । बित्त विभागका लेखा अधिकृत श्याम न्यौपाने भन्नुहुन्छ — सामुदायिक बिद्यालयले बिद्यालय लेखा पालन दिग्दर्शन २०७४ बमोजिम खर्च गर्ने तथा हिसाब राख्ने गर्नुपर्छ ।

काठमाडौं महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालयहरु ११ वटा श्रोत केन्द्रले हेर्छन् ।

 

यसमा तपाइको मत