भित्री सहरमा मध्यम र निम्न वर्गका परिवार लक्षित स्वास्थ्य शिविर

माघ २१

काठमाडौं । भित्री सहरी क्षेत्रमा बस्ने निम्न, मध्यम र पिछडिएका परिवार लक्षित स्वास्थ्य शिविर शुरु भएको छ । महानगरको वडा नं. १८ को आयोजना शुरु भएको शिविरलाई लायन्स क्लव अफ काठमाडौं फेलोसिप, काठमाडौं मित्र मण्डली र इभाञ्जली मित्र मण्डलीले सहयोग गरेका छन् । 

शिविरमा नियमित एवं आधारभूत स्वास्थ्य परीक्षण, बाल रोग, दन्त, नशा तथा सौन्दर्य समस्या परीक्षण भइरहेको छ । यसकालागि नेपाली ३ जना र कोरियन ४ जना विशेषज्ञ डाक्टर, २७ जना कोरियन नर्स र वडाका महिला स्वास्थ्य स्वयम्सेविका खटिएका छन् । दुई दिनमा ४०० जना व्यक्तिले सेवा लिने अपेक्षा गरिएको शिविरमा महिला, जेष्ठ नागरिक र बालबालिकाको संख्या उल्लेख्य रहेको वडा नंं १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिनुभयो । सहर भनेर मात्र हुँदैन सहरभित्रको गरीवि झन् चरम छ, त्यस्ता चरम गरीविमा रहेको व्यक्तिलाई लाभ पु¥याउने काम गरिरहेका छौं, वडाध्यक्ष महर्जनले बताउनुभयो । 

शिविरमा आउने सामान्य समस्या रहेकालाई निशुल्क औषधि वितरण गरिएको छ भने जटिल समस्या भएकालाई परामर्श गरेर विशेषज्ञ सेवा लिन आग्रह गरिएको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत