वैङ्किङ् क्षेत्रबाट सामाजिक उत्तरदायित्वको अपेक्षा — वडाध्यक्ष तिवारी

माघ १८

ठमेलमा ज्योति विकास वैङ्कको शाखा

काठमाडौं । वैङ्किङ् क्षेत्रले सहरी व्यवस्थापनमा सामाजिक उत्तर दायित्वको दायरा बढाउनु पर्ने खाँचो देखाउँदै काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेलमा पर्यटनमैत्री आर्थिक गतिविधिको खाँचो देखाउनु भएको छ । विहीबार ठमेलमा ज्योति विकास वैङ्कको शाखा कार्यालय उद्घाटन पछि वडाध्यक्ष तिवारीले यस्तो प्रतिक्रिया दिनुभएको हो । 

बैङ्कले विदेशी तथा स्वदेशी मुद्रा जम्मा गर्ने तथा झिक्ने, स्थानीय स्तरमा व्यवसाय गर्न ऋण प्रवाह गर्ने, भिसा कार्डबाट कारोवार गर्न सक्ने सेवासहित ठमेलमा शाखा विस्तार गरेको हो । यसबाट पर्यटन व्यवस्थापनमा सहयोग पुग्छ । वैङ्कका अध्यक्ष हरि चन्द्र खड्काको भनाइ छ । खड्काका अनुसार ज्योति विकास वैङ्कले काठमाडौंमा १३ वटा, भक्तपुर र ललितपुरमा एक÷एकवटा शाखा सञ्चालन गरेको छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत