टोलस्तरीय योजनाको प्राथमिकता छुट्याउन अभिमुखीकरण

आफू र छिमेकी दुवैलाई लाभ हुने योजना ल्याउनोस्, पैसाको कमी हुन दिन्न — मेयर शाक्य

चन्द्रमणि भट्टराई
पुष २३

काठमाडौंं । धेरैलाई लाभ हुने र लामो समय टिक्ने योजना आए पैसाको कमी हुन नदिने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले कतिपय वडाले पठाएको पैसा खर्च गर्न नसकेको तथ्य औल्याउनु भएको छ । पहिले बिकास गर्न मेयरको पछि लाग्नु पथ्र्यो, अहिले माग भएको रकम पठाएको छु, योजना कार्यान्वयन गर्न मेयरलाई भेट्नै पर्दैन, बरु खर्च गर्ने क्षमता बढाउनु प¥यो । आइतबार महानगरको सहरी योजना आयोगले आयोजना गरेको योजना तर्जुमाका लागि वडा सदस्यहरुसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यशालामा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । हामी छिमेकी नगरको समृद्धिका लागि नगर साझेदारि कार्यक्रमअन्तर्गत रकम दिइरहेका छौं भने आफैंभित्रका वडामा रकम पठाउन कुनै समस्या छैन, तर दिगो योजना आउनुप¥यो, उहाँको जोड थियो ।

कार्यशालामा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले, योजना छनौटमा महिलाका समस्यालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । विकासमा पुरुष र महिला दुवै मिल्नुपर्छ तर महिलालाई केन्द्रमा राखेर योजना बनाउँदा, महिला पुरुष दुवैलाई लाभ हुन्छ किनभने पुरुषका लागि बनाइएका संरचनामा महिलाको पहुँच नहुन सक्छ तर महिलाका लागि बनाइएका संरचनामा पुरुष सजिलै पुग्न सक्छन् । उहाँको भनाइ थियो । आवश्यकतामा आधारित याृजना छनाौट गर्न सकियो भने मात्र विकासले नागरिलाई लाभ दिन सक्छ, कार्यशालामा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले — योजना तर्जुमा पद्धतिमा जानकारी राख्नु हरेक जनप्रतिनिधिको पहिलो काम भएको बताउनुभयो ।

यस प्रकारको क्षमता विकास कार्यक्रम यस अघि नै गर्न पाएको भए आफूले बढी लाभ लिन र वडाबासीलाई बढी लाभ वितरण गर्न सकिन्थ्यो सहभागीकातर्फबाट कार्यशालामा बोल्ने वडा सदस्य रेणुकमल शाही र रचना शर्माले योजना तर्जुमा गर्ने, यसलाई स्वीकृतिको चरण पु¥याउने, स्वीकृत योजनालाई कार्यान्वयन गर्ने तथा कार्यान्वयन चरणमा पुगेका योजनाको सुपरीवेक्षण तथा अनुगमन गर्ने क्षमताको बिकासमा सहयोग गर्न आग्रह गर्नुभयो । यसले मात्र महिलालाई निर्वाचत गराएकोमा समाजले लाभ पाउन सक्छ, उहाँहरुको जोड थियो ।

कार्यशालामा समाजका समस्या पहिचान गर्न, लाभ वितरण सन्तुलन परीक्षण गर्ने विधि सिकाइएको थियो । त्यस्तै समूहगत कार्यमा आर्थिक तथा रोजगारी, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, महानगरीय शुशासन र यस अन्तर्गत सञ्चालन हुने कामका विषय समावेश गरिएका थिए । यसमा सहकारी, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, खेलकुद, महिला तथा बालबालिका, सडक, ढल, खानेपानीको व्यवस्था, हरियाली, फोहोरमैलाजस्ता शीर्षक छनौट गरिएका थिए । यी शीर्षकहरु महिला जनप्रतिनिधिले राम्रोसँग अनुभूति गर्न पाएका छैनन्, सहरी योजना आयोगकी सदस्य गुजेश्वजरी श्रेष्ठ भन्नुहुन्छ — निर्वाचित हुन मात्र सबथोक होइन, त्यसपछि के काम गर्ने भन्ने भेउ पाउनु ठूलो कुरा हो । यसमा महिलाहरुलाई नेतृत्व विकासका नियमित कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

यसमा तपाइको मत