फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारीलाई न्यानो कपडा

कर्मचारीको सुरक्षा हाम्रो जिम्मेवारी हो, इमान्दार भएर काम गर्नोस् — उपप्रमुख श्रेष्ठ खड्गी

चन्द्रमणि भट्टराई
पुष १९

DSC_0006काठमाडौंं । महानगरको वातावरण व्यवस्थापन विभागअन्तर्गत रहेर फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारीलाई बिहीबार न्यानो कपडा वितरण गरिएको छ । वातावरण व्यवस्थापन विभागले एक औचापरिक कार्यक्रम आयोजना गरेर जाडोमा लगाइने ज्याकेट प्रदान गरिएको हो ।

कपडा वितरण गर्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — कर्मचारीले इमान्दार भएर काम गर्नु पर्ने बताउँदै, कामप्रति इमान्दार कर्मचारीको सुरक्षा आफूले गर्ने बताउनुभयो । कर्मचारी समायोजनको कुरा छ, यसमा हाम्रा कमृचारीमाथि अन्याय हुन दिन्न, तर तपाई पनि कामप्रति इमान्दार हुनुपर्छ, उहाँको भनाइ थियो । सोही कार्यक्रममा वातावरण व्यवस्थापन समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बिकास डंगोलले, काममा आफ्नो र अर्काको नहुने बताउँदै, आस्था र अन्य कुनै पनि कारणले जनप्रतिनिधिसँग नजिकिएर काममा ठगी गर्ने पद्धतिको आफू विरुद्धमा रहेको बताउनुभयो । सहर सफाइ गर्ने जसको जिम्मेवारी हो उसले सडकमा जानै पर्छ, कुचो वा उपकरण समाउने पर्छ, उहाँको भनाइ थियो ।

न्यानो कपडाले शरीरमा मात्र होइन सन्बन्धमा पनि न्यानोपना दिन्छ, कार्यक्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले, आपसी सौहद्र्रताले काममा परिणाम आउने विचार राख्नुभयो भने विभागका पूर्व प्रमुख हरिबहादुर कुँवरले, विभागका कर्मचारीले रातदिन काम गरेकै कारण सहर सुन्दर भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा कर्मचारी युनियनहरुकातर्फबाट बोल्दै मचाबाबु मालाकार र बाबुराजा पुजारीले प्रश्न गर्नुभयो — तल्ला तहका कर्मचारीहरु नियमित काम गरिरहेका छन् । बिहान ५ बजेदेखि सडकमा हुन्छन् । रातमा, साँझमा, बिदा वा पर्वमा काम गरिरहेका हुन्छन् तर किन काम नदेखेको ? काम गर्नेमाथि कुनै बहानामा अन्याय नगरियोस् ।

विभाग र वडा मातहतमा रहेर सफाइमा काम गर्ने ८२५ जना कर्मचारीलाई जाडोमा प्रयोग हुने ज्याकेट प्रदान गरिएको हो । यसरी फोहोर व्यवस्थापन तथा सरसफाइमा काम गर्ने कर्मचारीलाई महानगरले रबरका बुट र बर्षात्मा ओढ्ने बर्षादी दिने गरेको छ ।

 

 



यसमा तपाइको मत