नगर साझेदारी बैठक सम्पन्न, दिगो र एकीकृत बिकासका एक साथ

महानगरले दिने र छिमेकीसँग लिने कुरामा नेतृत्व लिनुपर्छ — नगरप्रमुखहरु

चन्द्रमणि भट्टराई
पुष १०

DSC_8893काठमाडौं । काठमाडौं जिल्लाका नगरपालिकाबीच सोमबार नगर साझेदारी बैठक सम्पन्न भएको छ । बैठक काठमाडौं महानगरले बोलाएको थियो । बैठकमा काठमाडौं महानगरले काठमाडौं जिल्लाका नगरपालिकाहरुको हरियाली प्रवर्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण शीर्षकमा दिने रकम लिने तरिका, यसको खर्च गर्ने विधि, परिमाण मापन सूचकजस्ता विषयमा छलफल गरिएको थियो । महानगरसँग सिमाना जोडिएका नगरहरुसँग सिमानामा सञ्चालन गर्नु पर्ने साझा योजना र सिमाना नजोडिएका नगरहरुलाई महानगरसँग जोड्ने योजना पनि बैठकका मुख्य विषय थिए ।

बैठकमा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — काठमाडौं जिल्लाको विकासलाई छुट््याएर हेर्दा परिणाम आउँदैन । प्रशासनिक रुपमा सिमाना लगाइए पनि विकास र समृद्धिका कोणबाट एकीकृत बिकास गर्नुपर्छ । यसमा महानगर हुनुको नाताले हामी सबैलाई सँगै लिएर हिँड्छौं । एकीकृत काम गरौं । बैठकमा मेयर शाक्यले — सरकार हार्ने व्यक्ति जित्ने काम भएका छन् । अब यस पद्धतिलाई उल्ट््याएर सरकारले जित्ने, स्वार्थी व्यक्ति हार्ने पद्धतिको विकास गर्नुपर्छ । सार्वजनिक जग्गा संरक्षण गर्ने क्रममा खुल्ला हुनु पर्ने जग्गा व्यक्तिको कब्जामा गएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

DSC_8899साझेदारिताको मोडलमा महानगरको गएको असार २० गते टोखा नगरपालिकालाई नगर—नगर साझेदारि कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । साझेदारिताको प्रसङ्ग उल्लेख गर्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — आफ्नो कार्यकाल सकिने बेलासम्ममा पछिसम्म भोग गर्न मिल्ने र नागरिकले महसुस गर्ने बिकासको प्रारुप तयार पार्न पनि साझेदारिताको महत्ब धेरै हुने बताउनुभयो ।

बैठकमा महानगरसँग साझेदारिता गर्न कीर्तिपुर नगरपालिकाले राष्ट्रिय संग्रहालय, दक्षिणकाली नगरपालिकाले माथिल्लो पुरानो दक्षिणकालीलाई तीर्थका रुपमा विकास गर्ने योजना अघि सारेका छन् । त्यस्तै शंकरापुर नगरपालिकाले बज्रयोगिनी मन्दिर क्षेत्रको पर्यटकीय एवं सांस्कृतिक विकास, गोकर्णेश्वर नगरपालिकाले उत्तरगयालाई धार्मिक धाम बनाउने, बुढानीलकण्ठ नगरपालिकाले पर्यावरणीय पार्क (इको पार्क) बनाउने, नागार्जुन नगरपालिकाले वडा ७ को सामुदायिक बनमा स्वीजरल्याण्ड पार्क बनाउने योजना अघि सारेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले हरेक वडामा एउटा पार्क बनाउने योजना र महानगरबाट प्राप्त हुने रकम मिलाएर ठूलो योजना बनाउने प्रस्ताव अघि सारेको छ । तारेकश्वर नगरसँग महानगरले फोहोर व्यवस्थापनका क्षेत्रमा पनि साझेलदारिता गर्नु पर्नेछ । हुनत अन्य नगरको फोहोर व्यवस्थापनमा पनि महानगरको नेतृत्व चाहिन्छ तर फोहोर बोकेर ल्याण्डफिल्ड साइट पु¥याउने सडक तारकेश्वर नगरहुँदै जाने भएकोले यस बिषयमा गहकिलो साझेदारिता चाहिन्छ, तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोराको भनाइ छ ।

महानगरले दिने यस प्रकारको रकम तोकिएको शीर्षकमा प्रचलित कानुनी व्यवस्था अनुसार खर्च गर्नुपर्छ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले अन्तिम लेखा परीक्षणका क्रममा यसको परिणाम सम्बन्धित नगरले देखाउनु पर्ने बताउनुभयो ।

बैठकमा, योजनामा पैसा खर्च गर्ने प्रचलित बिधि, परिणामभन्दा प्रक्रिया खोज्ने खालको भएकोले यस प्रकारको झन्झट कम गराउने नीति लिनु पर्ने, महानगरले नगरपालिकालाई दिने कुरा सँगै छिमेकी नगरले महानगरको समृद्धिका लागि के गर्न सक्छन्? भूमिका खोज्नु पर्ने बिषयलाई पनि प्रमुखताका साथ उठाइएको थियो ।

 

 

यसमा तपाइको मत