सहरी केवुल कारको प्रस्ताव आइरहेका छन्, सम्भाव्यता हेर्न बाँकी छ — मेयर शाक्य

नेपालका लागि जर्मनका राजदूत स्काफेर र मेयर शाक्यबीच शिष्टाचार भेट

चन्द्रमणि भट्टराई
पुष ५

DSC_8322काठमाडौं । काठमाडौंमा सहरी केवुल कार सञ्चालनमा लगानी गर्न इच्छा देखाउनेहरुको प्रस्ताव आइरहेको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सम्भाव्यता छ कि छैन भन्ने बिषय एकिन भइनसकेको बताउनुभएको छ । बिहीबार शिष्टाचार भेटका लागि कार्यकक्षमा आउनुभएका नेपालका लागि जर्मनका राजदूत रोनाल्ड स्काफेरसँग कुरा गर्ने क्रममा मेयर शाक्यले यस्तो बताउनुभएको हो । सहरी विकासमा दिगो प्रभाव राख्ने योजनामा सहभागिता र साझेदारितामा केही गर्ने सोचमा छौं, मेयर शाक्यले थप्नुभयो — काठमाडौं र भक्तपुरको फोहोर व्यवस्थापनमा सहयोग गरेको जर्मन सरकार एउटा साझेदार बन्न सक्छ ।

हामी काठमाडौंको भौतिक र सांस्कृतिक बिकासमा सहयोग गर्न सक्छौं । त्यसमा जर्मन सरकार आफ्नैतर्फबाट पनि वा युरोपियन युनियनकातर्फबाट पनि सहभागिता हुन सक्छ, राजदूत स्काफेरले काठमाडौंले गर्न खोजेको कामका बिषयमा जानकारी पाए योजना बनाउन सजिलो हुने धारणा राख्नुभयो ।

भेटका क्रममा २०७२ सालको भूकम्पको कम्पनबाट क्षति भएको कालमोचन र त्रिपुरासुन्दरी मन्दिर पुननिर्माणको विषय पनि उठेको थियो । मेयर शाक्य र राजदूत स्काफेरबीच करीव आधा घण्टा कुराकानी भएको थियो ।

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत