मैत्रीपूर्ण “डोरी तान खेल” सम्पन्न

खेलले आत्मीयता बढाउँछ — प्रमुख प्रशासकीय अधिकृत कोइराला

चन्द्रमणि भट्टराई
मंसिर २७

DSC_5683काठमाडौं । २४ औं महानगर दिवसका अवसरमा बिहीबार बिहान राष्ट्रिय सभा गृह परिसरमा मैत्रीपूर्ण “डोरी तान खेल”सम्पन्न भएको छ । महानगरका कर्मचारीबीच सम्पन्न खेलमा महिलाका २ र पुरुषका ४ गरी ६ समूहले भाग लिएका थिए ।

महिला र पुरुष छुट्टाछुट्टै समूहमा खेल खेलाइएको खेलमा पुरुषतर्फ दौलत बस्नेतको समूह र महिलातर्फ मञ्जु के. सी. को समूह बिजयी भए । खेलमा सनतकुमार थापाको समूह पुरुषतर्फ र अमिना भण्डारीको समूह महिलातर्फ दोश्रो भए । खेलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सहसचिव डा. टोकराज पाण्डे, वडाध्यक्षहरुमा भरतलाल श्रेष्ठ, चिनियाँमान बज्राचार्य र भाइराम खड्गी सहभागी हुनुहुन्थ्यो । यहाँहरुले पनि विभिन्न समूहमा रहेर खेल खेल्नुभएको थियो ।

DSC_5778खेलको समापनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कोइरालाले — खेलले उच र नीचको भाव कम गराएर आपसी सद्भाव बढाउने बताउँदै खेलका नियम शुशासन प्रवर्धनमा प्रयोग गर्न सुझाव दिनुभयो ।

खेल खेलाउन राष्ट्रिय डोरी तान खेलका राष्ट्रिय सचिव देवी गौतमलगायतका अधिकारी आउनुभएको थियो । यो खेल खेलकुद परिषद्को ६० औं नम्बरमा दर्ता भएको खेल हो । खेलमा जटिल नियम नहुने, धेरै प्राविधिक विषय नहुने तथा स्थानीय स्तरमा भएका सामाग्री प्रयोग गरेर खेल्न सकिने भएकोले यो खेल जहाँ पनि खेल्न सकिन्छ ।

 

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत