राष्ट्रपति भवन आसपास क्षेत्रका मासु पसल अनुगमन

स्वच्छ, स्वस्थ्य र गुणस्तरीय तथा वातावरणमैत्री व्यवसाय गर्न आग्रह

चन्द्रमणि भट्टराई
मंसिर २६

DSC_5183काठमाडौंं । महाराजगञ्जस्थित राष्ट्रपति निवास आसपास क्षेत्रमा सञ्चालित मासु पसलको अनगुमन भएको छ । बुधबार बिहान महानगरकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा श्रेष्ठ खड्गी, वडा ३ का अध्यक्ष दीपक के. सी., कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारी, उपभोक्तासहितको टोलीले मासु पसलको अनुगमन गरेको हो । अनुगमनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले — तथ्य थाहा पाउन पहिले अवस्था अवलोकन गरिएको बताउनुभयो । हेर्नु पर्ने धेरै चीज छन् । पहिले हामी आवश्यकता र अवस्था कस्तो छ, पत्तला लगाउँछौं । त्यसपछि मात्र वास्तविक अनुगमन हुन्छ, उपप्रमुखको भनाइ थियो ।

वडा ३ क्षेत्रमा भएका मासु पसलहरुको अवस्था कमजोर छैन तर सुधार गर्नु पर्ने अवस्थामा छन् । स्थानीय मासु बजारको अवस्थामा जानकारी गराउँदै वडाध्यक्ष के. सी.ले सुध्रिने मौका दिएर कारवाहीको प्रक्रियामा जाने बताउनुभयो । महानगरले मासुको स्वच्छताका लागि गरेको यो नै पहिलो अनुगमन होइन, यस अघि भएका प्रयासलाई संस्थागत गर्छौ । सूचनालाई श्रोतको रुपमा लिएर कामलाई प्रभावकारी बनाउँछौं, कृषि तथा पशु सेवा विभागका प्रमुख भण्डारीको योजना छ ।

अनुगमनमा क्रममा पानीपोखरीबाट अघिल्लो घुम्तीबाट वडा कार्यालय मुल सडक दायाँबायाँका पसलका व्यापारीलाई भेटेर कुरा गरिएको थियो भने सञ्चालित पसलको अवस्था हेरिएको थियो । वडामा दर्ता भए नभएको, पशु पंक्षी बध गर्ने तरिका र स्थान, त्यस क्रममा निस्किएको फोोर व्यवस्थापन, मासु प्रशोधनको तरिका, भण्डारण क्षमता र तरिका पसल अनुगमनमा क्रममा हेरिएका थिए । त्इस्तै त्यस क्षेत्रमा पर्ने फलफुल तरकारी, किराना पसलबाट विक्री हुने सामान, तिनको गुणस्तरीयताका विषयमा व्यापारीसँग सोधपुछ गरिएको थियो ।

 

यसमा तपाइको मत