मेयर शाक्यबाट टि ट्वान्टी क्रिकेट खेल उद्घाटन

चन्द्रमणि भट्टराई
मंसिर २६

DSC_5273काठमाडौंं । सद्भावपूर्ण प्रतिस्पर्धाबाट देश—देशकाबीचको सम्बन्ध मजबुत हुने बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — युवाको वृत्ति बिकासका लागि खेललाई महानगरले प्राथमिकतामा राखेको बताउनुभएको छ । बुधबार शंखपार्कसँग जोडिएको पाकिस्तान एम्बेसी ग्राउण्डमा टि—ट्वान्टी क्रिकेट खेलको उद्घाटन गर्दै मेयर शाक्यले नेपालमा क्रिकेटको बिकास र विस्तार सन्तोषजनक रहेको जनाउँदै, यसलाई प्रवर्धन गर्न महानगरले काम गरिरहेको बताउनुभएको हो । खेलले युवा शक्तिलाई सकारात्मक काममा प्रेरणा गर्ने भएकोले खेलकुदकामाध्यमबाट युवाहरुमा भएको सम्भावना उपयोग हुनेमा आफू विश्वस्त रहेको मेयर शाक्यको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले — नेपाल र पाकिस्ताका युवाकाबीचमा आत्मीय सम्बन्ध विकास गर्न यस प्रकारको खेल आयोजना गरिएको बताउनुभयो । यो चौथो संस्करण हो । यसलाई हामी निरन्तर सञ्चालन गर्छौं, राजदूत जावेदको भनाइ थियो ।

मैत्रीपूर्ण यस खेलमा नेपाल र पाकिस्तानका ८—८ गरी १६ वटा टिमले भाग लिएका छन् । उद्घाटन खेल, अवसरमा पाकिस्तानी र नेपालको सिन्धुपाल्चोक पाँच पोखरी टिमबीच भएको थियो । खेल पुष ६ गते सम्पन्न हुनेछ ।

यसमा तपाइको मत