महानगरको प्रवक्तामा डंगोल

चन्द्रमणि भट्टराई
मंसिर २४

काठमाडौंं । काठमाडौं महानगरको मंसिर २४ गते बसेको कार्यपालिका वैठकले प्रवक्तामा सूचना प्रविधि समितिका संयोजक एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोललाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस अघि प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले प्रवक्ताका रुपमा काम गरिरहनु भएको थियो ।

बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय अनुगमन समितिलाई अनुमोदन गरेको छ । समितिको सदस्यहरुमा वडा १४ की अध्यक्ष शोभा सापकोटा, कार्यपालिका सदस्य हीरादेवी पोख्रेल, महानगरका सहसचिव डा. टोकराज पाण्डे र भौतिक पूर्वाधार विभागका प्रमुख नारायणबाबु भट्टराई रहनुभएको छ ।

 

यसमा तपाइको मत