फोहोर व्यवस्थापनमा अन्तरसरकार समन्वयको नेतृत्व गर्दै महानगर

पीडा आफ्ना आफ्नै छन्, प्राप्त उपलब्धीलाई आत्मसात् र गर्न बाँकी काम गरौं — मेयर शाक्य

चन्द्रमणि भट्टराई
मंसिर २४

DSC_4911काठमाडौंं । उपत्यकाको घरेलु फोहोर व्यवस्थापन गर्न अन्तर सरकार सम्बन्धको आवश्यकता छ । फोहोर व्यवस्थापनका लागि ठाउँ दिने नुवाकोटको ककनी गाउँपालिका र धादिङ्को धुनीबेँसी नगरपालिका तथा फोहोर उत्पादन गर्ने काठमाडौंलगायत उपत्यकाका नगरपालिकालाई संघीय सरकारसँग जोड्ने काम म गर्छु । आइतबार काठमाडौंमा फोहोर प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख र उपप्रमुखसँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — फोहोर व्यवस्थापनका बिषयमा सबै सरकारसँग आफ्ना—आफ्नै पीडा छन् । ती पीडा कम गर्न यस अघि केही काम पनि भएका छन् । अब कुरा गर्दा बिगतमा प्राप्त भएका उपलब्धी र गर्नु पर्ने तर हुन नसकेका काम छुट्याएर ल्याउँ । त्यसपछि अब के काम गर्ने, कसरी गर्ने भन्ने योजना गर्न सजिलो हुन्छ । बैठकमा प्रभावित क्षेत्रका सरकार प्रमुख तथा उपप्रमुखले महानगरले फोहोर उत्पादन गर्ने र उत्पादित फोहोर तह लगाउने ठाउँ दिने सरकारकाबीच संघीय सरकारलाई साथमा राखेर छलफल गर्नु पर्ने आवश्यकतालाई टड्कारो बनाएपछि प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । उहाँको थप भनाइ थियो — फोहोरमैला व्यवस्थापनको दिगो समाधान गर्न निजी क्षेत्रमार्फत काम हुने गरी लगानी बोर्ड प्रक्रिया टुङ्ग्याउने चरणमा छ । यसबेला कुरालाई दोहो¥याएर गर्नुभन्दा, हुन बाँकी काम गर्नु पर्छ ।

DSC_4825बैठकमा धुनीबेँसी नगरका प्रमुख बालकृष्ण आचार्यले फोहोर व्यवस्थापनमा परिणाम देखाउन नसक्दा आलोचित हुन परेको बताउनु भयो भने उपप्रमुख निरु खरेलले — फोहोर पनि नपठाउनोस्, केही दिनु पनि पर्दैन भन्नुभयो । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले — स्थानीयलाई जवाफ दिन सक्ने वातावरण नभएको गुनासो गर्नुभयो भने उपाध्यक्ष सीता खतिवडा लामाले महानगर प्रभावित क्षेत्रको पनि अभिभावक भएकोले साझेदारसँग समन्वयमा भूमिका खेलिदिन आग्रह गर्नुभयो । प्रभावित क्षेत्रका जनप्रतिनिधिको, फोहोर व्यवस्थापन गर्ने क्रममा त्यहाँको वातावरण र जनस्वास्थ्यमा परेको परेको प्रभाव न्युनीकरण पहिलो आवश्यकता भएकोले बञ्चरे डाँडाको पूर्वाधार तयार गर्दा यसमा चनाखो हुनु पर्नेमा साझा मत थियो । ओखरपौवा जस्तो गरेर बञ्चरे डाँडामा फोहोर पु¥याउन दिन हामी मञ्जुर छैनौं, उहाँहरुको भनाइ सार थियो ।

बैठकमा ककनी गाउँपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीलगायतका जनप्रतिनिधि हुनुहुन्थ्यो ।

बैठकमा महानगरका प्रमुख शाक्यले — ल्याल्डफिल्ड साइटको दिगो व्यवस्थापन गर्न संघ सरकार, सडक विभाग र महानगरबीच कामको बाँडफाँड भइसकेको जानकारी दिँदै बालाजुदेखि तीनपिप्लेसम्मको सडकको काम तत्काल सक्न ठेकेदारलाई ताकेता भइसकेको, ओखरपौवा सिसडोलदेखि बञ्चरे डाँडासम्मको १.९ किलोमिटर सडक दुईतर्फी कालोपत्रे गर्न मंसिर १० गते बोलपत्र आव्हानको सूचना प्रकाशित भइसकेको बताउनुभयो ।

 

Tags

#ISWM

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत