करियर क्याम्पका इञ्जिनियर र आर्किटेक्टका १५ वटा योजना कार्यान्वयन चरणमा

योजनाको लागत ६ लाख देखि ७ करोड रुपैयाँसम्म

चन्द्रमणि भट्टराई
मंसिर २०

DSC_4155काठमाडौं । महानगरको करिअर क्याम्पमा सहभागी आर्किटेक्ट र सिभिल इञ्जिनियरले १५ वटा साना सहरी पूर्वाधार योजनाको नक्सा र लागत इष्टिमेट तयार पारेका छन् । त्यस्तै ७ वटा आउँदो १५ दिनभित्र अन्तिम चरणमा पु¥याउने तयारीमा छन् । यसरी तयारी गरिएका योजनामध्ये न्युनतम लागत भएको योजना जेष्ठ नागरिक पार्क बनाउने काम हो । यसको लागत अनुमान ६ लाख रुपैयाँ छ भने सबैभन्दा धेरै लागत भएको परियोजना कमलपोखरीको सौन्दर्यीकरण हो, जसको लागत अनुमान करीव ७ करोड रहेको छ । गएको साउनबाट शुरु भएको यस क्याम्पबाट तत्काल अनुभूति गर्न सकिने २० वटा पूर्वाधार योजना तयार गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यलाई शतप्रतिशत बनाउन २२ वटा योजनाको काम थालनी गरियो जसमध्ये १५ वटा कार्यान्वयन चरणमा र ७ वटा ढाँचा निर्माणको अन्तिम चरणमा पु¥याएका हुन् । यसरी काम गर्ने आर्किटेक्ट र इञ्जिनियरहरु सहरी योजना आयोगको मार्ग निर्देशनमा काम गरिरहेका छन् । बिहीबार राजधानीमा सम्पन्न प्रथम रिपोर्टिङ् कार्यशालामा क्याम्पमा सहभागीले तयार पारेका योजनाको सम्भावना र चुनौतीमा समीक्षा गरियो ।

यी योजनाहरु वडा र महानगरको केन्द्र तहबाट कार्यान्वयमा आउनेछन् । सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेत भन्नुहुन्छ — तयार भएका योजना कार्यान्वयन गर्न सम्बन्धित वडा र महानगरमा पठाइनेछ । यी योजनाहरु तत्काल कार्यान्वयनमा जान सक्ने अबस्थाका हुन् । यदि परामर्शदाता नियुक्त गरेर यी यी ढाँचा तयार पारिएको भए करीब ६६ लाख खर्च हुने थियो । हामीले योजना तयार पार्दा लाग्ने ठूलो लगानी बचाएका छौं, सदस्य सचिव बस्नेतको भनाइ छ । उहाँकाअनुसार विद्यार्थीहरुको यो प्रगति सन्तोषजनक हो ।

यसरी तयार पारिएका योजनामा मठ मन्दिर पुननिर्माण तथा जीर्णेद्धार, पार्क निर्माण व्यवस्थापन तथा सञ्चालन, सहरको सौन्दर्यीकरण, सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण तथा उपयोगसँगै सहरलाई जीवन्त र पहुँचयुक्त बनाउने कार्यक्रम छन् ।

आफूले बनाएका योजना प्रस्तुत गर्दै आर्किटेक्ट इञ्जिनियरहरुले औपचारिक शिक्षालाई व्यवहारिक अभ्यासमा रुपान्तरण गर्न महानगरले दिएको प्लेटफर्मको प्रशंशा गरेका थिए । क्याम्पमा इञ्जिनियरिङ् र आर्किटेक्ट विषयमा स्नातक गर्ने छात्रा छात्रा सहभागी छन् ।

 

यसमा तपाइको मत