पौष १ गतेदेखि टुँडिखेल आसपास “पिक एण्ड ड्रप”

नेतृत्व हामी गर्छौ, बहुपक्षीय लाभमा सबैले साथ दिनोस् — मेयर शाक्य

चन्द्रमणि भट्टराई
मंसिर १८

DSC_3913काठमाडौंं । आउँदो पौष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी काठमाडौं महानगरपालिकाले “पिक एण्ड ड्रप” कार्यक्रम तयारी थालेको छ । एउटासवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकोले यस प्रकारको समस्यामा न्युनीकरण गर्न “पिक एण्ड ड्रप” कार्यक्रम तयारी थालेको हो । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको सरोकारवाला कार्यालयका अधिकारीसँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — सडकमा यात्रु पर्खेर रोक्ने एउटा सवारी साधनले धेरै मानिसको समय बर्बाद गरेको छ । सवारी जामले मानिसको उत्पादनशीलता घटाएको छ । लामो समय इन्धन जलेकोले वातावरणीय ह्रास पैदा गरेको छ । यसले गर्दा जति सडक चौडा बनाए पनि समस्या जहाँको त्यहीँ रह्यो । अब यातायात व्यवसायीसँगै सरकारी सरोकारवाला कार्यालयको सहकार्यमा “पिक एण्ड ड्रप” कार्यक्रम लागू गर्छौ । मेयर शाक्यले थप्दै भन्नुभयो — यसको नेतृत्व हामी गर्छौ, तपाईहरु साथमा आउनोस् ।

बैठकमा महानगरका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले भन्नुभयो — यो सम्भव हुने काम हो । सबै मिलेर असम्भव हुनबाट जोगाउँ । बरु यातायात व्यवसायी गर्नु पर्ने छलफललाई तीब्र बनाउँ । टुँडिखेललाई केन्द्रमा राखेर हेर्दा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीदेखि भद्रकालीसम्म सबैभन्दा बढी समस्या छ । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । सवारी साधन आफैंका बीचमा पनि स्वच्छ प्रतिस्पर्धा छैन । सवारी जामको समस्या केलाउँदै अधिकारीले — रुट पहिचान र साना सवारी साधनलाई ठूला साधनमा रुपान्तरण गर्नु यसको दीर्घकालीन समाधान हो भन्ने निष्कर्ष निकालेका छन् । यसको थालनी “पिक एण्ड ड्रप” कार्यक्रमबाट उपयुक्त छ । कार्यक्रमप्रति सबैको मत एउटै थियो ।

बैठकमा महानगरका सहसचिव डा. टोकराज पाण्डेले — नमूनाका रुपमा निश्चित ठाउँमा “पिक एण्ड ड्रप” लागू गर्ने र यसको प्रभाव विश्लेषण गरेर विस्ता गरिने बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले — यस अघि विभिन्न समितिले दिएको रुट स्वीकृतको पूर्ण विवरण विभागमा नभएकाले समस्या भएको कुरा उल्लेख गर्दै पौष १ गतेदेखि कार्यान्वयन तयारीमा रहेका काठमाडौंका ६६ वटा रुटको प्रभावकारी सञ्चालनमा पनि साझेदारिता हुनु पर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापा — पूर्वाधार तयार भएपछि व्यवहार परिवर्तनमा सहज हुने बताउनुहुन्छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्त, जेलिएका रुट र साना सवारी साधन ट्राफिक जामको जड भएको बताउनुहुन्छ ।

यसप्रकारका समस्या समाधान गर्न उपयुक्त विधि निकाल्न बैठकले ५ सदस्यीय समिति समेत गठन गरेको छ । महानगरको शुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट हुनुहुन्छ । समितिको सदस्य सचिवमा नगर प्रहरी महाशाखाका प्रमुख बिष्णु जोशी रहनु भएको छ । समितिलाई ७ दिनको समय दिइएको छ ।

Tags

#Pick&Drop

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत