अधिकार वडामा पठाएको छु, बिकास आवश्यकता पूरा गर्न मेयर खोज्दै हिँड्नु पर्दैन — मेयर शाक्य

वडा २४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


चन्द्रमणि भट्टराई
मंसिर १६

DSC_3346काठमाडौंं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — वडास्तरीय विकास आवश्यकता पूरा गर्न मेयर खोज्दै हिँड्नु नपर्ने बताउनुभएको छ । आइतबार बिहान वडा २४ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो — महानगरबासीका विकास तथा समृद्धिका चाहना पूरा गर्न तत्काल गर्नु पर्ने काम तथा स्थानीय जनजीवनसँग जोडिएका सवाल सम्बोधन गर्न वडाध्यक्ष नै अधिकार सम्पन्न हुनुहुन्छ । समृद्ध नेपाल, सुखी नेपाली सबैको चाहना हो, यस लक्ष्यलाई सार्थक बनाउन विकास निर्माणमा स्थानीय सहभागिता बढ्ने÷बढाउने काम भइरहेको छ ।

सुनुवाई कार्यक्रममा संंघीय संसद सदस्य जीवनराम श्रेष्ठले — सार्वजनिक सुनुवाई कार्यक्रमबाट जनताले वडाबाट सञ्चालित काम ठीक भयो कि भएन? हुनु पर्ने काम भयो कि नहुनु पर्ने काममा श्रोत खर्च भयो थाहा पाउने भएकोले यस प्रकारका कार्यक्रमबाट लोकतन्त्र सुदृढ हुने विश्वाश व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य बसन्त मानन्धर, राजेश शाक्य र बिराजभक्त श्रेष्ठले तहगत सरकारमध्ये स्थानीय सरकार जनताको नजिक भएकोले यसको प्रभावकारिता बढाउन आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको थियो । त्यस क्रममा मानन्धरले — प्रदेश सभामा शुन्यताबाट शुरु भएको कामले २५ प्रतिशत प्रगति हासील गरेको बताउनुभयो भने शाक्यले काष्ठमण्डप पुननिर्माणका लागि तयार भएको काष्ठमण्डपको नक्सा निर्देशक समितिबाट स्वीकृत भएको बताउनुभयो । उहाँ काष्ठमण्डप पुननिर्माण समितिको संयोजक पनि हुनुहुन्छ । यता बिराजभक्त — साना साना समस्या समाधान गर्दै जाने हो भने विकासका जटिलता जरामै समाप्त हुने बताउनुहुन्छ ।

नागरिकले तिरेको कर कुन ठाउँमा कसरी खर्च भएको छ? सार्वजनिक सुनुवाई कार्यक्रमबाट सार्वजनिक हुने बताउँदै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ — करको विवरण कामबाट प्रस्तुत भएपछि सेवामा पारदर्शिता अभिवृद्धि हुने बताउनुभयो ।

कार्यक्रममा छिमेकी वडा १९, २० र २५ का वडाध्यक्ष तथा अन्य वडाका वडा सदस्यहरुको पनि सहभागिता थियो । सुनुवाइृका क्रममा स्थानीय समस्या बताउँदै स्थानीयले — भिनी वडाको विकासका लागि हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र वडाको कार्यक्रममा एकद्वार हुनु पर्ने, बसन्तपुर क्षेत्रमा फस्टाउँदै गएको प्रेमजन्य अश्लीलतामा रोक लगाउनु पर्ने, विहान ३ बजेदेखि नै तरकारी बजार लाग्ने भएकोले स्थानीयबासीको निन्द्रामा खलबल पुगेकोले यसको व्यबस्थापनमा ध्यान दिनुपर्ने लगायत सुझाव राख्नुभएको थियो । स्थानीय र साझेदार अधिकारीको कुरा सुनिसकेपछि वडाध्यक्ष बालकृष्ण श्रेष्ठले — भौतिक र सामाजिक विकासका कार्यक्रम सन्तुलित रुपमा अघि बढाउने कुरामा आफू सचेत रहेको धारणा राख्नुभयो । भित्री वडामा भौतिक अभौतिक विकाससँगै मूर्त अमूर्त सांस्कृतिक जीवन बचाउनु पर्नेछ । यसमा मेरो ध्यान गएको छ । वडाध्यक्षले आफ्ना कायृक्रमका ािवषमया धारणा राख्नुभएको थियो ।

गएको बर्ष प्राविधिक कठिनाइ भएका कारण योजनाको लागत तयार हुन नसक्दा केही रकम केन्द्रमा फर्किएको थियो । यो बर्ष त्यस्तो अवस्था आउँदैन, कार्यक्रममा प्रगति प्रस्तुत गर्दै वडासचिव राजेश श्रेष्ठले जानकारी गराउनुभयो ।

 

यसमा तपाइको मत