सार्वजनिक यातायातमा बिद्युतीय सवारी सञ्चालन गर्न महानगरको प्रदेश सरकारसँग लगानीमा साझेदारिता हुने

तुलनात्मक लागत विश्लेषणपछि विद्युतीय सवारीको छनौट — मेयर शाक्य


चन्द्रमणि भट्टराई
मंसिर १३

IMG-20181129-WA0004काठमाडौंं । बिद्युतीय सवारी साधनलाई सार्वजनिक आवागमनका प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारिता गर्ने महातगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । बिहीबार सुन्दर यातायातका अधिकारीसँगको भेटका क्रममा मेयर शाक्यले भन्नुभयो — हामीसँग साझेदार बन्न चीनको बिवाइडि कम्पनीले इच्छा देखाएको छ । हामी अहिले त्यस कम्पनीबाट उत्पादित बसको मुल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि हाम्रा पूर्वाधारका आधारमा सम्भावना हेरिरहेका छौं । भेटका क्रममा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने चीनको बिएक कम्पनीका अधिकारी पनि सहभागी थिए ।

DSC_3054सुन्दर यातायातले अबको ६० दिनभित्र, ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका ३ वटा सार्वजनिक बिद्युतीय बस सञ्चालन तयारी गरेको छ । प्रा. लि. का कार्यकारी अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ — हामीले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका छौं । काठमाडौंको सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेका हौं । सरकारले बिद्युतीय बस सेवा सञ्चालनलाई प्राथमिकतामा राखेपछि हामी यस काममा अग्रसर भएका हौं, थापाले थप्नुभयो ।

भेटका क्रममा बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओले भन्नुभयो — बिओडि कम्पनीका बसहरुभन्दा हाम्रो कम्पनीका बसहरु सस्ता र बलिया छन् हामी संसारभरिका सहरमा बस पठाइरहेका छौं । तिनीहरु जुन सहरमा पठाउने हो, त्यहाँको भूगोल र आवश्यकता अनुसारका बस तयार गरेर पठाउँछौं । विद्युतीय बस सेवा प्रवर्धन गर्न अहिले बिएकका प्रबन्धक, बजार व्यवस्थापक र अन्तरराष्ट्रिय व्यापार व्यवस्थापक नेपाल आएका छन् ।

 

यसमा तपाइको मत