शुरु भयो, लगनको ऐतिहासिक दिगु द्यःपुनर्निर्माण

मंसिर १३

Lagan

 

 

 

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार एक कार्यक्रमबीच वडा २१ लगन टोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहार कुलदेवता घर (दिगु द्यः) को पुननिर्माण आरम्भ गर्नुभयो । शास्त्रीय बिधिअनुसार बिहीबारको शुभ साइतमा विशेष पूजा गरी उहाँले जीर्ण दिगुद्यःको पुनर्निर्माण आरम्भ गर्नुभएको हो ।

कीर्तिपुण्य महाविहार काठमाडौं उपत्यकाकै प्राचीन महाविहारमध्ये एक मानिन्छ । उक्त महाविहारभित्र रहेको यो दिगुद्यः स्थानीय शाक्य समुदायका इष्ट देवता हुन् । सिद्धार्थ गौतम बुद्धको गृहनगर कपिलवस्तुबाट लखेटिएका शाक्यहरूले कान्तिपुरमा आफ्नो बसोबास शुरु गरेपछि यो दिगुद्यः स्थापना गरेको विश्वास गरिन्छ ।

करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको दिगुद्यः आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

 

यसमा तपाइको मत