वडा १८ मा निशुल्क स्वास्थ्य शिविर

चन्द्रमणि भट्टराई
मंसिर ८

DSC_2494काठमाडौंं । महानगरको वडा १८ स्थिति नरदेवी आयुर्वेदिक अस्पताल परिसरमा शनिवार निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । डायबिटिज थाइराइड एण्ड हार्ट सेन्टरको आयोजना र वडा कार्यालयको सहआयोजनामा सञ्चालन भएको शिविरमा मधुमेह, रक्तचाप, मधुमेह तथा थाइराइडबाट आँखामा हुने समस्या, इसिजि र खुट्टाको स्नायु परीक्षण गरियो ।

व्यस्त सहरी जीवनले मानिसको स्वास्थ्य विग्रिएको पनि थाहा हुँदैन । त्यस्ता व्यक्तिलाई स्वास्थ्यमा ख्याल गर्नोस् भनेर सचेत गराउन यस प्रकारको शिविर आयोजना गरिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिनुभयो । दिनभरमा २०० जना बिरामी आउने अपेक्षा गरेका छौं, वडाध्यक्ष महर्जनले थप्दै भन्नुभयो — शिविरबाट उपचार त हुन्छ नै यसबाहेक स्वास्थ्य सजगता बिकासलाई मुख्य लक्ष्य बनाएका छौं ।

शिविरमा आउने बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

यसमा तपाइको मत