पूर्वाधारमा खर्च गर्ने ठाउँ नपाएर रकम फिर्ता भयो, योजना ल्याउनोस् — वडाध्यक्ष शाक्य

चन्द्रमणि भट्टराई
मंसिर ७

DSC_1987काठमाडौंं । पूर्वाधारका लागि खर्च गर्ने गरी केन्द्रबाट वडामा पठाएको पैसा, वडामा खर्च गर्ने ठाउँ नपाएर केन्द्रमै फिर्ता गयो । तपाइृको टोलमा कुनै काम भए योजना माग्नोस्, महानगरको वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले शुक्रबार वडाबासीलाई आव्हान गर्नुभयो । सडकमा बत्ती झलमल पारेका छौं, पाटी, पौवा, सत्तल बनाउने काम पूरा भयो । गल्लीमा इटा छाप्ने, ढुङ्गा बिछ््याउने काम पनि गरि सक्यौ । अझै कतै केही काम गर्न बाँकी छ भने, हामीकहाँ आउनोस् । हामी तत्काल योजना स्वीकृत गरेर विकास गर्छौ । शुक्रबार वडा भवनको सभा कक्षमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उहाँले पूर्वाधार विकासका प्रगति सुनाउँदै यस्तो बताउनुभएको हो ।

वडा २५ भित्री वडा हो । पुराना संरचनायुक्त बस्ती र साँघुरा गल्ली भएकाकारण ठूला पूर्वाधार निर्माण गर्ने स्थान छैन । यी सन्दर्भमा कुरा गर्दै सुनुवाईमा सहभागी स्थानीयले वडामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने, महिला, जेष्ठ नागरिक र बालबालिकाको हित तथा सुरक्षामा काम गर्नुपर्ने सुझाव राखेका थिए ।

यो वडा साविकको वडा २७ र २८ गाभेर २५ बनाइएको हो । यसको कार्यालय बाङ्गेमुढा (साविक २८ वडा कार्यालय भएको स्थान) मा स्थानान्तरण गरे मात्र सबैलाई पायक पर्ने स्थानीयको माग थियो । अहिले वडा भएको ठाउँ भित्री गल्लीमा भएकोले आवतजावत गर्न कठिन भएको, पार्किङ्को असुविधा भएकोले कार्यालय नसारी नहुनेमा सहभागीको जोड थियो ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत