राजस्व तिरेर लगाउनु भएको गुन, बिकास गरेर तिर्छु — वडाध्यक्ष लामा

वडाको पूर्वाधारका लागि केन्द्रीय बजेटबाट ४१ करोड ७० लाख ३० हजार ६९९ रुपैयाँ ८२ पैसामा काम हुँदै

चन्द्रमणि भट्टराई
मंसिर ७

DSC_1906काठमाडौंं । गएको आर्थिक बर्षमा महानगरका वडामध्ये आफ्नो वडाबाट सवैभन्दा बढी राजस्व संकलन भएको जानकारी दिँदै वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले — वडाबासीको त्यो गुन विकास निर्माण र सामाजिक क्षेत्रका कामबाट तिर्ने बताउनुभएको छ । शुक्रबार वडाले महेन्द्र बौद्ध माद्यमिक विद्यालयको सभाकक्षमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्पन्न कामको प्रगति विवरण प्रस्तुत गर्दै वडाध्यक्ष लामाले — नागरिकको सेवा चाहना जनसुकै समयमा पनि सम्बोधन गरिने बताउनु भयो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठले — भौतिक विकाससँगै सहरी आचरणको चेतना विकास गर्ने कार्यक्रमलाई क्रमैसँग कार्यान्वयन गर्दै लगिने जानकारी दिनुभयो ।

वडा ६ ठूलो वडा हो । सुनुवाई कार्यक्रममा प्रश्नकर्ता सहभागीहरुले वडाले वडाका सवै क्षेत्रमा समान दृष्टि पु¥याउनु पर्ने सुझाव दिए । खानेपानी, डुवान र ढल निकासका योजना कार्यान्वयन हुनु पर्ने, विकास नपुगेका बस्ती पहिचान गर्नुपर्ने, सडक बत्तीको नियमित मर्मत गरिनुपर्नेलगायतका सुझाव प्राप्त भए । यसरी प्राप्त सुझावको सम्बोधन गर्दै वडाध्यक्ष लामाले — यो बर्ष छुटेका योजना आगामी बर्षको बजेटमा समेट्ने बताउँदै वडाबासीले आफ्नो टोलको विकासका योजना आउँदो फागुनभित्र वडामा पेश गर्न आग्रह गर्नुभयो ।

वडाले गएको आर्थिक बर्षमा १० करोड १० लाख १० हजार ९४० रुपैयाँ छैसठ्ठी पैसा आम्दानी गरेको थियो भने चाल आ. व. पहिलो चौमासिक अवधिमा ५ करोड ४ लाख ८८ हजार ९१५ रुपैयाँ पच्चीस पैसा राजस्व संकलन गरिसकेको छ । पूर्वाधार विकासतर्फ गएको बर्ष २ करोड ८१ लाख ९६ हजार २६९ रुपैयाँ चौरहत्तर पैसा खर्च गरेर ४५ वटा योजना सम्पन्न गरेको छ ।

चालु आ. व. को पहिलो चौमासिकमा पूर्वाधार र सामाजिक विकास गरी १३ वटा योजना शुरु गरिएकोमा ६ वटा सम्पन्न भइसकेका छन् भने अन्य नियमित अबस्थामा छन् । वडाको पूर्वाधारका लागि केन्द्रीय बजेटबाट ४१ करोड ७० लाख ३० हजार ६९९ रुपैयाँ ८२ पैसामा काम भइरहेको छ ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत