इतुंबहाःया कुलदेवता घरको शिलान्यास

९८ लाख १ हजार ५८ रुपैयाँ ५८ पैसामा १८ महिनामा निर्माण सम्पन्न हुने

चन्द्रमणि भट्टराई
मंसिर ७

North Elevationकाठमाडौंं । वडा २४ इतुंवहालमा रहेको पारावत महाविहारको कुल देवता घर पुननिर्माणका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमबीच उहाँले शास्त्रीय विधि र साइतअनुसार शिलान्यास गर्नुभएको हो । १ करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको देगु द्योछेँ पुननिर्माणका प्रतिस्पर्धामा श्री इन्द्रायणी ए टु जेड जेभिले ९८ लाख १ हजार ५८ रुपैयाँ ५८ पैसा पुननिर्माण ठेक्का पाएको हो । भवन अबको १८ महिनामा निर्माण सम्पन्न हुनेछ ।

DSC_1884कार्यक्रममा बोल्दै संघीय संसद सदस्य रामवीर मानन्धरले — आफू दलीय संयन्त्रमा रहँदादेखि नै भौतिक सांस्कृतिक सम्पदाको पुननिर्माणमा महानगरले पर्याप्त रकम विजियोजन गरेको स्मरण गर्नुभयो भने जीवनराम श्रेष्ठले राम्रा कामको चर्चा हुन नसकेकोले महानगरको सार्वजनिक छवि सुधार गर्न कठिन रहेको बताउनुभयो । प्रदेश सभा सदस्य शाक्यले — स्थानीयको सांस्कृतिक आस्था जोगाउन जनप्रतिनिधिहरु कटिवद्ध भएर लागि रहेको बताउनुभयो ।

कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण महानगरको दायित्व रहेको बताउँदै यस्ता अमूल्य सम्पत्तिको बचाउन कसैसँग आर्थिक सहयोगको अपेक्षा नगर्ने बताउनुभयो । आफ्ना क्षेत्रमा भएका सम्पदा जोगाउने श्रोत महानगर आफैंले व्यहोर्छ । हामीलाई चाहिने सहयोग भनेको सहभागिताको हो । मेयर शाक्यको भनाइ थियो ।

यस भवनको निर्माणमा लाग्ने खर्च महानगरको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहार्नेछ ।



यसमा तपाइको मत