“हेल्थ एजुकेशन हब” रुपान्तरणमा प्रयासमा वडा ३

पहिचान र समृद्धि सँगसँगै — वडाध्यक्ष के. सी.

चन्द्रमणि भट्टराई
मंसिर ६

DSC_1496काठमाडौंं । काठमाडौं महानगरको वडा ३ क्षेत्रलाई स्वास्थ्य शैक्षिक गन्तव्यका रुपमा परिचित गराउने बताउँदै वडाध्यक्ष दीपक के. सी. ले “पूर्वाधार विकास र पहिचान कायम” दुवै सँगै लिएर जाने बताउनुभएको छ । बुधबार कान्ति सांस्कृतिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीका गुनासा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । चुस्त सेवा र सहरी सुविधा वितरणका लागि आवश्यक पर्ने पूर्वाधार बिकासको काम आफ्नो दायित्वभित्रका काम हुन् । जसरी पनि गर्छु यसबाहेक वडालाई बिशेष परिचययुक्त बनाउँछु, के. सी. को भनाइ थियो ।

सुनुवाईमा सहभागीहरुले — गुणस्तरीय विकास र विकासमा स्थानीय संघ संस्थाको सहभागिता, वडा कार्यालय भवन निर्माण, सार्वजनिक शौचायलको निर्माण, सुकुम्बासी समस्या र समाधानका उपाय, विस्तारित बाटोमा कालो पत्रे, सहकारी तथा वित्तिय क्षेत्रको व्यवस्थापनमा वडाको दायित्व, वडालाई स्वास्थ्य शैक्षिक गन्तव्य बनाउने प्रक्रिया, सौर्य वत्तीको विस्तार, सडक सञ्जाल, ढल निकास, खानेपानीको व्यवस्थापन, राजनीतिक सहमति र योजनामा सन्तुलन जस्ता विषयमा प्रश्नहरु राखिएका थिए । प्रश्नहरुमा नियमित कामका अतिरिक्त वडालाई अन्यत्र चिनाउने योजनामा जोड थियो ।

नागरिकका गुनासालाई वडाले मिहिन गरी विश्लेषण गर्ने र समयमा सम्बोधन गर्ने वडा सदस्य प्रेम थापाको भनाइ छ भने भौतिक विकाससँगै सामाजिक विकासका योजना सँगै लिएर हिँडेको अर्का वडा सदस्य शर्मिला परियारको भनाइ छ ।

वडाले चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिमा सडक पिच गर्ने, किनारामा रिटेनिङ् पर्खाल लगाउने, बिजुली बत्ती राख्ने तथा मर्मत गर्ने, सार्वजनिक जग्गाको संरक्षण तथा गल्ली विस्तार गर्ने, सिसिटिभि क्यामरा जडान गर्ने काम भइसकेको जनाउँदै वडासचिव शान्ता पहाडीले — कला संस्कृतिको सम्मानमा स्वर सम्राट नारायण गोपालको स्मृतिमा “गीत गंगा” भवन निर्माण हुने प्रक्रियामा रहेको तथा स्वर किन्नरी तारा देवीको नाममा “तारादेवी ट्रष्ट” निर्माण गरिसकिएको जानकारी दिनुभयो ।

यो महानगरको बर्गीकरणअनुसार ठूलो वडा हो । बडाको विकास विकासका लागि महानगरले बार्षिक ३ करोड रुपैयाँ पठाउने गरेको छ ।

 

यसमा तपाइको मत