चीनमा काठमाडौं महानगर अवार्डेड

“फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्ड लिएर मेयर उपमेयर फिर्ता

चन्द्रमणि भट्टराई
मंसिर

DSC_0590काठमाडौंं । काठमाडौं महानगर चीनको हुआन सहरमा “फ्रेण्डसिप सिटि फर एक्सचेन्जेज एण्ड कोअपरेसन विथ चाइना” अवार्डबाट सम्मानित भएको छ । हुआनमा नोभेम्बर १४ — १६ (कार्तिक २८—३०) सम्म आयोजना भएको “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा महानगर अवार्डबाट सम्मानित भएको हो । अवार्डका लागि तिब्बतको ल्हासा नगरले महानगरलाई शिफारिस गरेको थियो । उक्त सम्मेलनमा महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सहभागी हुनुहुन्थ्यो । उहाँहरु सम्मेलन सकेर शनिवार स्वदेश फर्कनुभएको छ । सो क्रममा उहाँहरुलाई संघीय संसद सदस्य रामवीर मानन्धर, महानगरका कार्यवाहक मेयर भरतलाल श्रेष्ठसँगै जनप्रतिनिधि र कर्मचारीहरुले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । हुआनमा सम्पन्न सम्मेलनमा चीनसँग भगिनी सम्बन्ध भएका ६० वटा अन्तरराष्ट्रियसहित ८०० नगरका प्रतिनिधिको सहभागिता थियो ।

DSC_0572स्वदेश फर्कने क्रममा विमानस्थलको विशिष्ट कक्षमा सम्मेलन र उपलब्धीका विषयमा मेयर शाक्यले अनुभव सुनाउनु भएको थियो । “ त्यहाँ पूर्व प्रधानमन्त्रीहरु पनि हुनुहुन्थ्यो । त्यहाँ अन्तरराष्ट्रिय स्तरका विशिष्ट व्यक्तिको दृष्टिकोण बुझ्ने मौका पाइयो । आधुनिक र समृद्ध सहर निर्माणका लागि अन्तरराष्ट्रिय अभ्यासलाई हाम्रो परिवेशमा रुपान्तरण गर्ने हौसला मिलेको छ । हामीले छेन्दुलगायत अन्य विभिन्न नगरका प्रमुख र उपप्रमुखसँग आपसी सहयोगका कुरा गरेका छौं । हामीले सिकेका र जानेका कुरा महानगरबासीको हितमा उपयोग गर्छौ ।”

सम्मेलनमा सहभागिता जनाउन उहाँहरु गएको सोमबार चीन प्रस्थान गर्नुभएको थियो । “विकासका अवसर र आपसी साझा जीत — सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलन, चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् । जसमा युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सहभागी थिए । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलन प्रभावकारी रहेको मेयर शाक्यको अनुभव छ ।

 

यसमा तपाइको मत