सुकुम्बासी समस्याले पिरोलेको वडा ३१

चन्द्रमणि भट्टराई
कार्तिक ३०

DSC_0447काठमाडौंं । सुकुम्बासीको पहिचान र व्यवस्थापन नगरी बाग्मती कोरिडोरको निर्माण कार्य सम्पन्न गर्न कठिन रहेको वडा ३१ का अध्यक्ष नारायण भण्डारीले बताउनुभएको छ । वडाले शुक्रबार बानेश्वरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बडाबासीले कोरिडोर निर्माण सम्पन्नताको अवस्थामा जिज्ञासा राखेपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । सुकुम्बासी बस्तीको व्यवस्थापन लगायत कतिपय वडाभित्रका समस्या समाधान गर्न माथिल्ला निकाय गुहार्नु पर्ने अवस्था छ, यसबाहेक आवश्यकताका आधारमा वडाका काम नियमित चलिरहेको उहाँको भनाइ थियो ।

वडाध्यक्षको भनाइमा आफ्नो विचार मिसाउँदै प्रदेश सभा सदस्य गणेश दुलालले — बास्तविक सुकुम्बासीको संख्या धेरै नभएकोले यो ठूलो समस्या नभएको टिप्पणी गर्नुभयो । खोलाका किनारामा घर छ, तर त्यहाँ घर हुनेहरु त्यहीँ मात्र बस्दैनन् । उनीहरुको अर्को व्यवस्था पनि छ । बरु समस्या समाधान गर्न प्रदेश र स्थानीयको श्रोत मिलाएर दिगो काम गरौं, दुलालले उपाय निकाल्नुभयो ।

राजनीतिक दलका प्रतिनिधि समेत सहभागी सुनुवाई कार्यक्रममा — पूर्वाधारतर्फ वडामा सन्तुलित योजना वितरण गर्नु पर्ने, जेष्ठ नागरिकका लागि दिवा स्याहार केन्द्रको व्यवस्था गर्नु पर्ने, रातमा सडक उज्यालो बनाउनु पर्ने, स्वीकृत योजना समयमा नै कार्यान्वयन गर्नु पर्ने सुझाव प्राप्त भएका थिए ।

Tags

#Ward_31

यसमा तपाइको मत