आफूले वडा सम्हालेपछि अवस्थामा धेरै सुधार भयो — वडाध्यक्ष ढकाल

चन्द्रमणि भट्टराई
कार्तिक ३०

काठमाडौंं । आफू निर्वाचित भएर पदबहाली गरेपछि नागरिकको जीवन यापन पद्धतिमा धेरै सुधार भइसकेको बताउँदै वडा २९ का अध्यक्ष कुश ढकालले — आफूले ५ बर्षको अवधिमा सम्झन योग्य काम गर्ने बताउनुभयो । शुक्रबार पद्मकन्या स्कुल डिल्लीबजारमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले, अपेक्षा धेरै भएकाले अहिले पनि विकासका चाहनालाई सम्बोधन गर्न बाँकी रहेको जनाउँदै आफ्नो कार्यकालमा सबैका गुनासा र आवश्यकता सुन्ने प्रतिज्ञा गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य दिपक राईले — सम्पन्न कामको समीक्षा गर्दै, वडाबाट वितरण भएको विकास र प्रवाह गरिएको सेवामा असन्तुष्ट हुनु पर्ने अवस्था नरहेको धारणा राख्नुभयो । काम पारदर्शी भएको छ, यसलाई निरन्तरता दिनुपर्छ, उहाँको भनाइ थियो ।

कार्यक्रममा पूर्वाधारतर्फ सडक व्यवस्थापन, सामाजिक सुरक्षा, सहरी स्वास्थ्यको वितरण सहजता, सहभागितालगायतका सवालमा जिज्ञासाहरु प्राप्त भएका थिए ।

यो वडा देशको प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार भएको वडा हो । यस कारण सुरक्षा र व्यवस्थापनका दृष्टिले यसलाई संवेदनशील मानिन्छ ।

Tags

#Ward_16

यसमा तपाइको मत