पूर्वाधार निर्माण र मर्मतमा वडाबासीको चासो

चन्द्रमणि भट्टराई
कार्तिक ३०

काठमाडौंं । सम्पन्न काम र आगामी योजना तर्जुमा गर्दा पूर्वाधारको मर्मतमा वडाले नेतृत्व लिनु पर्ने वडा ३० का स्थानीयको जोड छ । सहरका साझा समस्या सबैले भनेका छन् । वडाले सञ्चालन गर्ने योजना एउटै खालका छन् । अब निर्माण भइसकेका योजनाको संरक्षण वडाले गर्नुपर्छ, शुक्रबार ज्ञानेश्वरमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले माग राखे ।

स्थानीय मागको सम्बोधन गर्दै वडाध्यक्ष दलबहादुर कार्कीले — विकासका कामलाई प्राथमिकतामा राखिएको बताउँदै केही गर्न बाँकी कामका लागि श्रोतको जोहो भइरहेको जानकारी दिनुभयो । महानगरको बर्गीकरणमा मझौला वडामा परेको यस वडालाई बार्षिक २ करोड रुपैयाँ प्राप्त हुन्छ । त्यसैबाट वडाबासीका माग पूरा गर्ने प्रयास गरिरहेका छौं उहाँको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्य निरज सत्यालले, निर्वाचनपछि अहिलेसम्ममा काम गर्ने विधिमा आफूहरु अभ्यस्त हुन थालेकोले अब कामले गति लिने बताउनु भयो ।

यस वडामा पनि पूर्वाधार विकास, सामाजिक परिचालन, जेष्ठ नागरिक, बालबालिका संरक्षण, राजस्व प्रशासनलगायतका विषयमा प्रश्न राखिएका थिए ।

Tags

#Ward_30

यसमा तपाइको मत