पूर्वाधार निर्माणका काम किनारा लागे अब दिगो उपयोग रणनीतिमा जानुपर्छ

चन्द्रमणि भट्टराई
कार्तिक ३०

DSC_0479

 

 

काठमाडौंं । महानगरको वडा ११ क्षेत्रमा पूर्वाधार निर्माणका काम कम हुँदै गएकोले उपलब्ध सहरी श्रोत साधनको दिगो उपयोगमा लाग्नु पर्ने खाँचो देखाइएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयको आवाज सुनिसकेपछि वडाध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो — सडक बनाउने काम थोरै छ । अब भएका सडकलाई सफा राख्ने, सहरी सुरक्षा कायम गर्ने गर्नुपर्छ । मेरो वडामा फोहोर व्यवस्थापनमा सुधार गर्नु पर्छ, समस्या हुँदा पनि सडकमा फोहोर ननिकाल्ने वडाबासीको सहयोगले वडालाई ऋण लागेको छ, तण्डुकारको भनाइ थियो ।

सडक निर्माणले मात्र सहरी समृद्धि प्राप्त हुँदैन, रातको समयमा उज्यालो चाहिन्छ । गतिशील सहरी जीवन चाहिन्छ । सामाजिक तथा आर्थिक गतिविधि बढाउनु पर्छ । बालबालिका, महिला र जेष्ठ नागरिकको ख्याल गर्नुपर्छ । वडाबासीले सुझाव दिएका थिए ।

 

Tags

#Ward_11

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत