नेपाल संबतका औपचारिक कार्यक्रम पछि सारिए

चन्द्रमणि भट्टराई
कार्तिक २१

काठमाडौंं । नेपाल संबत ११३९ नयाँ बर्षका अवसरमा आयोजना गर्न तयारी गरिएका सवै औपचारिक कार्यक्रम पछि सारिएका छन् । नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति ११३९ को कार्तिक २० गते बसेको बैठकले नेपाल संवत् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको निधन भएपछि शोक स्वरुप औपचारिक कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

नयाँ बर्ष ११३९ कछलाथ्व पारु का अवसरमा कार्तिक २२ गते बसन्तपुरमा मुल समारोह आयोजना गर्ने कार्यक्रम तय भएको थियो । हाल स्थगित भएका कार्यक्रम तुलाधरको तेह्रौं दिनको तिथि पछि अनुकुल पारेर आयोजना गरिने मूल समारोह समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चन्द्रमास अनुसार गणना हुने नेपाल संवत नेपालको मौलिक संवत हो ।

 

 

यसमा तपाइको मत