जनप्रतिनिधिले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई जिम्मेबार देखाउने दिन नआओस्

माघ १४

काठमाडौं । स्थानीय सरकारलाई असक्षम देखाएर तलका अधिकार माथि फर्काउने प्रयासप्रति चनाखो रहनुु पर्ने दिन आएको जनाउँदै स्थानीय शासनविद्सँगै जनप्रतिनिधिहरुले व्यवस्था परिवर्तनबाट नागरिकलाई प्रत्यक्ष लाभ हुने काम गर्नु पर्ने धारणा राखेका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको प्रदेश नं. ३ को प्रादेशिक भेलामा स्थानीय शासन सञ्चालनका समसामयिक अभ्यास, सम्भावना र चुनौतीमाथि टिप्पणी गर्दै यसरी धारणा आएका हुन् ।

भेलामा स्थानीय व्यवस्थापिका सञ्चालन सम्बन्धी व्यवस्था, नगरपालिकाको विद्यमान आवश्यकता र चुनौती, क्षेत्रीय अध्ययन केन्द्रको पुनसंरचनालगायतका विषयमा चर्चा गर्दा विज्ञ तथा जनप्रतिनिधिहरुले सम्भावनाबाट परिणाम ल्याउन चुनौतीको चाङ् देखाए । 

सभामा कस कसले के के भने?

बालानन्द पौडेल

पूर्व अध्यक्ष, स्थानीय तह पुनसंरचना आयोग

जनप्रतिनिधिहरुले खै के काम गरे त? भनेर प्रश्न गर्नेहरुको संख्या देखिन थालेको छ । कुनै कामको दायित्व रानजीतिक नेतृत्वले कर्मचारीलाई र कर्मचारीले राजनीतिक नेतृत्वलाई देखाउने हो भने प्राप्त उपलब्धी गुम्छन् । निर्वाचित जनप्रतिनिधले आफू सफल हुन कर्मचारीलार्य कुन काम लगाउने, काम लगाउँदा कसरी लगाउने्, प्रश्न सोद्धा के प्रश्न सोध्ने, थाहा हुनुपर्छ । कर्मचारीलाई भेट नदिने, तथ्याङ्क नहेर्ने, अध्ययन नगर्ने, समयमा निर्णएय नगर्नेजस्ता कारण जनप्रतिनिधिको नेतृत्वमाथि प्रश्न उठेको हो । 

अहिले स्थानीय तहको संगठन संरचना तयार हुँदैछ । यसकालागि कामलाई आधार बनाइएको छ । तर ख्याल गर्नु पर्ने कुरा के हो भने, संगठन संरचना तयार गर्दा कार्य सम्पादन प्रणालीलाई आधार बनाउनुपर्छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत