४० बर्ष उमेर कटेका फुटबल खेलाडी मैदानमा

ढल्किँदो उमेर भए पनि उर्जा छ भन्ने अनुभूति हुने रहेछ — खेलाडी

चन्द्रमणि भट्टराई
कार्तिक १७

DSC_7828300काठमाडौंं । काठमाडौं महानगरको वडा २९ मा बसोबास गर्ने ४० बर्ष उमेर कटेका खेलाडीबीच शनिबार मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । खेलका लागि खेलाडीहरु निकै उत्साहित थिए । पहेँलो र हरियो जर्सीमा मैदानमा पुगेका खेलाडीहरु नियमित अभ्यास नगरे पनि गोल लगाउँछु भन्ने आत्मविश्वाश बोकेका देखिन्थे । उनीहरु खेल शुरु हुनु अगाडि नै मैदानमा दौडिरहेका थिए । खेलका लागि आवश्यक शक्ति सञ्चय नगरेका कारण खेलमा खेलाडी लामो समयसम्म टिक्न गाह्रो भइ रहेको थियो । यति हुँदा पनि केही खेलाडीले अधिकांश समय खेले भने केही खेलाडी १० मिनेटभित्रै बाहिरिए ।

DSC_8046आपसी सद्भाव कायम गराउने उद्देश्यले आयोजना गरिएकोले खेलका नियममा कडाइ गरिएको थिएन । थाक्ने खेलाडी बाहिरिएर बैकल्पिक खेलाडी जुनसुकै समयमा पनि प्रवेश गर्न पाउने व्यवस्था थियो ।

खेलमा हरियो जर्सीको नेतृत्व आत्माराम राजवंशीले र पहेँलो जर्सीको नेतृत्व राजीव श्रेष्ठले गर्नुभएको थियो । खेलमा स्थानीय सामाजिक अगुवा कल्याण पाण्डेले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । खेल सञ्चालन गर्न बाहिरबाट विशिष्ट व्यक्ति निम्त्याइएको थिएन । स्थानीय नरेशबहादुर सिंहले रेफ्री पाण्डेलाई बल दिएर खेल शुरु गरिएको थियो । ९० मिनेटको खेलमा ५ का विरुद्ध ७ गोल गरेर हरियो जर्सी लगाउने टिम विजयी बनेको थियो ।

खेलमा विजयी हुनेलाई ट्रफी दिइएको थियो । यस खेलमा वडा २९, आइसिएफसि फाइनान्स र स्थानीय सामाजिक अगुवाले सहयोग गरेका थिए ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत