सामाजिक परीक्षणका लागि स्मारिका

नागरिकबाट प्राप्त सुझावबाट आगामी योजना

चन्द्रमणि भट्टराई
कार्तिक १७

DSC_7765काठमाडौंं । काठमाडौं महानगरको वडा ७ ले सामाजिक परीक्षणका लागि स्मारिक प्रकाशन गरेको छ । निर्वाचित जनप्रतिनिधिहरुले सम्पन्न गरेका काम र आगामी योजनाको जानकारी वडाबासी हातमा पु¥याउने उद्देश्यले स्मारिका प्रकाशन गरिएको हो । शनिवार वडा प्राङ्गणमा आयोजित पर्व विशेष शुभकामना तथा चियापान कार्यक्रममा स्मारिका विमोचन गरिएको हो ।

सो समारोहमा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — चुनावका दौरानमा व्यक्त गरिएका प्रतिबद्धता कार्यान्वयन भए कि भएनन् भनेर वडाबासीलाई थाहा दिन स्मारिक प्रकाशनमा ल्याइएको बताउनुभयो । यो सामाजिक परीक्षणको एक प्रक्रिया पनि हो । सम्पन्न भएका, चलिरहेका र योजनामा रहेका रहेका योजना सबैका हातमा पु¥याएपछि नागरिकबाट प्रतिक्रिया आउँछन् । ती प्रतिक्रियाका आधारमा सबैको पहुँचमा पुग्ने योजना बनाउँछांैं । उहाँको भनाइ थियो । अन्य निकायले सञ्चालन गरेको योजनाबाट महानगरले दोष खानु परेको उल्लेख गर्दै मेयर शाक्यले थप्नुभयो — सहर व्यवस्थापनमा अन्य निकायको सक्रियता हाम्रा लागि चुनौती बनेको छ । गल्ती एउटाले गर्छ, दोष हामीलाई आउँछ । फेरि केही व्यक्तिहरु काम अगाडि बढ्ला कि भनेर बाधा हाल्न बसेका छन् । उहाँले रानीपोखरी र हरिभवनको पुननिर्माणको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो — कार्यालय छरिएपछि गुणस्तरीय सेवा दिन सकेका छैनौं । एउटै कार्यालयबाट सेवा दिन हरिभवनको पुननिर्माण गर्न खोजेको त्यहाँ पनि मुद्दा खेप्नु परिरहेको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष शुद्धकुमार डंगोलले भन्नुभयो — नागरिकले चाहना गरेको सेवा प्रदान गर्न प्रतिवद्ध छु । निर्वाचन सम्पन्न भएपछि बडाले के ग¥यो? पुस्तकमार्फत तपाईको हातमा ल्याएको छु । यो हेरेर प्रतिक्रिया दिनोस् । त्यसै बमोजिम अघि बढ्नेछु ।

 

यसमा तपाइको मत