काठमाडौंमा पनि डेङ्गु ः बालाजु र ढुङ्गेधारा क्षेत्रबाट ९ जना बिरामी पहिचान

महानगरका बडा १६ का ४७ घरका पानी ट््याङ्कीमा लामखुट्टेका लार्भा

चन्द्रमणि भट्टराई
कार्तिक १६

aedes_aegypti01काठमाडौंं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले काठमाडौंका बालाजु र ढुङ्गेधारा क्षेत्रबाट आएका ९ जना विरामीमा डेङ्गु ज्वरो पहिचान गरेकोे छ । ढुङ्गेधारास्थित गोरखकाली पोलिक्लिनिकबाट शिफारिस भइ अस्पताल पुगेका विरामीमध्ये ३ जनाको दशै अघि र कार्तिक १० गतेभित्र ६ जनाको रोग पहिचान भएको थियो । यसरी काठमाडौंमा डे्गुका विरामी भेटिन थालेपछि महानगरको सहरी स्वास्थ्य महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय, वडा, वडा क्लिनिक, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय स्वास्थ्यकर्मी एकै ठाउँमा भएका छन् । हामीले सरोकारवाला निकायका अधिकारी, महानगरका अन्तर विभाग समन्वयलाई तीब्र बनाएका छौं । वडा १६ का अध्यक्ष मुकुन्द रिजाल भन्नुहुन्छ — नागरिक सचेतनाका लागि छिमेकी वडा १५ र १७ सँग मिलेर घरभेट कार्य चलाइरहेका छौं । त्यस क्रममा सफा पानीमा बस्ने लामखुट्टे बाँच्न नपाउने अवस्था बनाउन स्थानीयलाई आग्रह गरेका छौं । उहाँको भनाइ छ ।

वडामा घरभेटका लागि क्षेत्र विभाजन गरेर ३४ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । यस क्रममा घरमा पानी राख्ने ठाउँ, यसमा लामखुेको उपलब्धताजस्ता पक्ष हेरिन्छ । वडामा सञ्चालन गरिएको घरभेट कार्यक्रममा ४७ घरमा लामखुट्टेका लार्भा भेट्टाइएका थिए । ती घरमा पानी फ्याँकेर लार्भा नष्ट गरिएको थियो ।

के हो डेङ्गु?

Situationडेङ्गु भाइरसको संक्रमणले हुने रोग हो । यो भाइरस एडिस प्रजातिको पोथी लामखुट्टेको सार्छ । विश्वभर ट्रोपिकल मौसम भएका देशहरुमा यसको संक्रमण पाइन्छ । एशिया प्रशान्त क्षेत्रका नेपाललगायत भारत, माल्दिभ्स, श्रीलङ्का तथा अफ्रिका र ल्याटिन अमेरिकामा यसको समस्या छ । सामान्यतया यो रोग गर्मी मौसममा हुने भए पनि जलवायु परिवर्तनको असरले भाइरस बोक्ने लामखुट्टे जाडोमा पनि पाउन थालिएसँगै जाडो मौसममा डेङ्गुको समस्या देखिएको, चिकित्सकहरु बताउँछन् ।

सफा पानीमा बस्ने यो प्रजातिका लामखुट्टेले दिनमा टोक्छन् । संक्रमित लामखुट्टेले टोकेको ४८ घण्टामा रगतमा भाइरस फैलिन्छ । यसका लक्षण देखिन ३ देखि १३ दिनसम्म लाग्न सक्छ । सामान्य रुघा खोकी लाग्ने, जोर्नी दुख्ने, आँखाका दाना दुख्ने जस्ता महसुस गर्ने लक्षण देखिने यस रोगमा रगत जम्ने प्रक्रिया अव्यवस्थित भएर भित्री रक्त श्राव हुने समस्या पनि हुन्छ ।

यसबाट बच्न पानी छोपेर राख्ने, लामो समयसम्म पानी जमाएर नराख्ने, पानीलाई बिर्कोले छोपेर राख्ने तथा दिनमा लामखुट्टे देखिन नष्ट गर्ने विधि अपनाउन चिकित्सकको सल्लाह छ ।

यसमा तपाइको मत