आगोलाई नियन्त्रण गरेर व्यवहार गर्न र अनियन्त्रित आगोबाट हुने क्षति न्युनीकरणमा सजग हुन महानगरको आग्रह


आजैबाट अग्नि विपद सुरक्षा सचेतना कार्यक्रम शुरु

चन्द्रमणि भट्टराई
कार्तिक १६

DSC_7503काठमाडौंं । तिहार पर्वमा प्रयोग हुने आगो तथा विजुलीजन्य क्रियाकलापबाट हुन सक्ने आगलागीमा साबधानी अपनाउन, काठमाडौंमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । महानगरको विपद् व्यवस्थापन समितिको अगुवाईमा काठमाडौं, ललितपुर र भक्तपुरका बारुण यन्त्र कार्यालय, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका विपद व्यवस्थापन महाशाखाहरु, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद व्यवस्थापन समितिसहित स्थानीयहरुको सहभागितामा शुरु भएको कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी प्रवाह गरिनेछ ।

DSC_7590सचेतना कार्यक्रमको शुरुवात गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — आगो मानव सजित विपत्ति भएकोले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्नु पर्ने खाँचो देखाउनु भयो । यो सम्भव छ । व्यक्तिको सजगताले सम्भावित ठूला आगलागीबाट बच्न सकिन्छ । मेयर शाक्यको भनाइ थियो । कुनै कारणले आगो नियन्त्रणबाहिर आयो भने त्यसलाई निभाउन दमकल छिटो पठाउने प्रयास हुन्छ । त्यसलाई थप प्रभावकारी बनाउन, हामीले बडा ६ को रामहिटीमा दमकलको अर्को स्टेशन पनि बनाउँदैछौं । हामीसँगै ललितपुर र भक्तपुर बारुण यन्त्र कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको दकमल र जनशक्ति खटिने गरेको छ । संयन्त्र बनाउने एउटा कुरा भयो तर आगो लाग्नै नदिन सजग हुनुपर्छ, मेयर शाक्यको भनाइ थियो ।

DSC_7613कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले — पर्वमा रमाइलो गर्दा आगोको प्रयोगमा लापर्वाह गर्न नहुने बताउनु भयो । सानो गल्तीले जीवनभर विर्सन नसकिने क्षति पुग्न सक्छ । त्यसैले आगोको प्रयोगलाई सामान्य ठान्न हुँदैन । उहाँको भनाइ थियो — व्यक्तिगत सजगताले सम्भावित ठूला दुर्घटनाबाट बच्न सकिन्छ । यस प्रकारका विपत्ति न्युनीकरण गर्न महानगर वडास्तरीय विपद् व्यबस्थापन समितिको अगुवाईमा विद्यालय तथा समुलाय स्तरीय सचेतना कार्यक्रममार्फत अघि बढिरहेको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यको भनाइ छ ।

सचेतना कार्यक्रमको शुरुवात्मा निकालिएको ¥याली जुद्ध बारुण यन्त्र कार्यालयबाट निस्किएर धर्मपथ, सिद्धिचरण चोक, लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेवल, भीमसेनस्थान हुँदै बसन्तपुरको मरु गणेश पुगेको थियो । त्यसपछि प्याफलबाट यट्खा, टेङ्गाल, बाङ्गेमुढा, इन्द्रचोक हुँदै जुद्ध बारुण यन्त्र कार्यालय आइपुगेको थियो ।

तिहारमा अत्याधिक आगलागीका घटना हुने गरेका छन् । जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका अनुसार आ. व. २०७४/०७५ मा १९४ वटा आगलागीमा दमकलको प्रयोग गरिएको थियो । यसबाहेक आफ्नै पहलमा नियन्त्रण गरिएका थुप्रै आगलागी भए । गएको बर्ष तिहार परेको कार्तिक महिनामा २८ वटा आगलागी भएका थिए । त्यसमा पनि बल्खुमा भएको आगलागी सबैभन्दा ठूलो थियो । बारुण यन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीकाअनुसार दियोबाट सल्किएको त्यो आगलागीमा १५ वटा ग्याँस सिलिण्डर पड्किएका थिए भने करीव ४० घर जलेर ध्वस्त भएका थिए ।

 

यसमा तपाइको मत