काठमाडौंमा साझाले विद्युतीय बस गुडायो 

वैकल्पिक उर्जाउन्मुख कार्यक्रम सरकारको प्राथमिकतामा — प्रधानमन्त्री ओली

चन्द्रमणि भट्टराई
कार्तिक ६

DSC_5748काठमाडौंं । वैकल्पिक उर्जाबाट सञ्चालन हुने सवारीले इन्धनका सवारीलाई विस्थापन गर्ने बताउँदै प्रधानमन्त्री के. पि. शर्मा ओलीले विद्युतीय सवारी चलाउने आफ्नो योजना सार्थक बन्दै गएको बताउनु भएको छ । मंगलबार साझा यातायातबाट सञ्चालनमा ल्याइएका विद्युतीय बस सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले, आफ्नो पहिलेको कार्यकाल सम्झना गर्दै भन्नुभयो, त्यसबेला धेरैले ए, हो र भनेका थिए । आखिर सम्भव भयो त । अब यस प्रकार विजुलीबाट चल्ने सवारी साधनलाई प्रोत्साहन गर्नुपर्छ । यो कामको थालनी मात्र हो । सहरी जीवनका आवश्यकता र सुविधा वितरणमा अब बैकल्पिक उर्जाबाट सञ्चालन हुने विधिलाई प्रवर्धन गरिनेछ । प्रधानमन्त्री ओलीले थप्दै भन्नुभयो — अहिलेका योजना सुनेर केहीलाई अझै पनि अनौठो लाग्न सक्छ । तर वायु प्रदुषण र इन्धनमा भएको परनिर्भरता घटाउन यसो नगरी सुखै छैन ।

DSC_5704चीनको सेञ्जेनमा केन्द्रीय कार्यालय रहेको विवाइडि (विल्ट योर ड्रिम्स) अटो कम्पनी लिमिटेडले निर्माण गरेका विद्युतीय बसहरु एशियाली विकास बैङ्कको सहयोगमा लुम्बिनी विकास कोषले खरिद गरेको हो । लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म ओहोरदोहोर गर्न ल्याइएका यी बसहरु, विमानस्थलको काम नसकिएकोले काठमाडौंमा चलाइएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी भन्नुहुन्छ — काठमाडौंलगायतका ठूला सहरमा विद्युतीय बसलाई प्रवर्धन गर्नुपर्छ । यी बसहरु लुम्बिनीका लागि ल्याइएका हुन् । लुम्बिनी विमानस्थलको काम अहिले सकिएको छैन । अबको १० महिनामा लुम्बिनी विमानस्थलमा विमान अवतरण गराउँछौं । त्यसपछि यस्ता बसहरु त्यहाँ पनि चलाइनेछन् । अहिले ल्याउन लागिएका ५ मध्ये २ वटा बस आइसकेका छन् भने अरु ३ बटा आउने चरणमा छन् ।

बसमा चालकसहित २० सिट क्षमता छ । सिसिटिभि क्यामरा जडित बसमा उभिएर यात्रा गर्नेका लागि ह््याङ्गर राखिएका छन् । बसको शुभारम्भ गरेसँगै प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु यही बस चढेर पुल्चोकबाट सिंहदरबारसम्म पुग्नुभएको थियो ।

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत