वडा विकासमा योगदान पु¥याउनेलाई विशेष सम्मान, सद्भाव बढाउन जेष्ठ नागरिकबाट टीका

महानगरको वडा नं. ३ को विशिष्ट चरित्र

चन्द्रमणि भट्टराई
कार्तिक ६

DSC_5151काठमाडौंं । काठमाडौं महानगरको वडा नंं ३ ले वडा विकासमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई शिषेश सम्मान गरेको छ । बडाबासीका बीच सद्भाव कायम गराउन दशैंको अवसर पारेर जेष्ठ नागरिकबाट टीका ग्रहण, शुभकामना आदानप्रदान तथा बिशेष सम्मान कार्यक्रममा उहाँहरुलाई महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्मान प्रदान गर्नुभएको हो । यसरी सम्मान प्राप्त गर्नुहुनेमा व्यक्तितर्फ प्रा. डा. मधुसुदन शर्मा, स्वास्थ्यकर्मी लक्ष्मी राई, बरिष्ठ गायक तथा संगीतकार जगत मर्दन, वरिष्ठ गीतकार सहदेव ढुङ्गाना हुनुहुन्छ । त्यस्तै व्यक्तिगततर्फ नै सम्मानित हुने फुटबल खेलाडी एरिक विष्टलाई नगद १० हजारसहित सम्मान गरिएको थियो । संस्थातगतर्फ चुनदेवी सहयोगी संस्था बाँसबारी, सृजनशील टोल सुधार समिति, विकासनगर उपभोक्ता समिति, बसुन्धराखछन् । त्यस्तै सामुदायिक विद्यालयतर्फ शिवपुरी माध्यमिक विद्यालय र निजितर्फ भानुभक्त मेमोरियल माध्यमिक विद्यालयलाई शिक्षा क्षेत्रमा योगदान पु¥याएवापत् सम्मानित गरिएको थियो ।

DSC_5095सम्मान कार्यक्रममा बोल्दै प्रमुख शाक्यले — जेष्ठ नागरिकले उर्जाशील उमेरमा प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई महानगरले समाज निर्माण तथा सामाजिक व्यवस्थापनमा उपयोग गर्ने योजना बनाएको बताउनुभयो । सेवा निवृत्त जेष्ठ नागरिकलाई सिल्भर भोलन्टियरका रुपमा सहभागी गराउने हाम्रो योजना हो । यसरी काम गर्न नसक्ने पनि धेरै हुनुहुन्छ, उहाँहरुलाई जेष्ठ नागरिक क्लबमार्पmत आफ्नै उमेरका, उस्तै समस्या भएका व्यक्तिहरुलाई मनका कुरा साटासाट गर्ने, अनुभव र विचार आदान प्रदान गर्ने ठाउँ निर्माण गरिरहेको छौं, मेयर शाक्यको भनाइ थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष दीपक के. सी. ले — आफ्नो वडाको विशेषता नेपालमा मात्र होइन, अन्य अन्तरराष्ट्रिय नगरका वडाभन्दा विशिष्ट रहेको दावी गर्नुभयो । मेरो वडामा पूर्वाराजा र वर्तमान राष्ट्रपतिको निवास छ । प्रधानमन्त्री र प्रधान न्यायाधीश निवासको ढोका मेरै वडामा छ । नेपाल प्रहरी र नेपाली सेनाका तालिम प्रतिष्ठान छन् । गर्भदेखि पाको उमेरसम्मका मानिसलाई उपचार गर्ने २० वटा ठूला अस्पताल छन् । यो विशेषतालाई बोकेर महानगरका अन्य वडाभन्दा यसलाई विकास र समृद्धिका कोणबाट उत्कृष्ट बनाउँछु । वडाध्यक्ष के. सी. ले भन्नुभयो — आउँदो १८ महिनाभित्र वडाका आधारभूत सुविधा तयार गरिसक्छु ।

DSC_5098 (1)वडाको विकासका लागि आफ्नो सहभागिताका विषयमा बोल्दै प्रहरी अस्पतालकी उपप्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले — यस अघि प्रहरी र प्रहरीका परिवारका लागि मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रहरी अस्पतालले २०७५ सालबाट नागरिकका लागि पनि सेवा दिन थालेको बताउँदै प्रहरीका कामलाई नागरिकको सेवामा लक्षित गरिएको बताउनुभयो । वडालाई सुरक्षित बनाउन म प्रतिवद्ध छु, कार्यक्रममा बोल्ने अर्का बक्ता महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणिन्द्र प्रसाइँले वडाका विभिन्न ११ स्थानमा प्रहरी सवारी तैनाथ गरेर निगरानी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताले स्थानीय सरकारले नागरिकको चाहना पूरा गराउन समाजमा भएका हरेकलार्य साथमा लिएर हिँड्न तथा विकासका काममा सहभागी गराउन आग्रह गरेका थिए । पहिलो चरणमा सम्पन्न यो कार्यक्रमपछि वडामा बसोबास गर्ने ८४ बर्ष उमेर पूरा भएका जेष्ठ नागरिकले कार्यक्रममा सहभागी हुनु भएकाहरुलाई टीका लगाएर आशीर्वाद दिनुभएको थियो । यस प्रकारको सामाजिक सद्भाव बढाउन वडाले वडा क्षेत्रमा २ वटा लिङ्गे पिङ् बनाएको वडासचिव शान्ता पडाहीको भनाइ छ ।

 

 



यसमा तपाइको मत