चक्रपथ सुधारमा दोश्रो चरणको काम गर्दा, धुलो नउड्ने विधि अपनाएर सहयोग गर्नोस् — मेयर शाक्य

सांघाई म्युनिसिपल गभर्मेन्टका अधिकारीहरुसँग मेयर शाक्यको शिष्टाचार भेट

चन्द्रमणि भट्टराई
कार्तिक ५

DSC_4863काठमाडौंं । महानगरका मेयर विद्यासुन्दर शाक्यले चक्रपथ सुधारअन्तर्गत दोश्रो चरणको काम गर्दा वायु प्रदुषण नहुने विधि अपनाएर सहयोग गर्न चीनको सांघाइ म्युनिसिपल गभर्मेन्टका अधिकारीसँग आग्रह गर्नुभएको छ । सोमबार शिष्टाचार भेटका लागि मेयर शाक्यको कार्यकक्षमा आएको सांघाइ म्युनिसिपल गभर्मेन्ट कन्सुलर अफिसका महानिर्देशक जिङ् पिङ् नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा मेयर शाक्यले — आफू काठमाडौंको वायु प्रदुषण र यातायात व्यवस्थापनको समस्यासँग जुधिरहेको बताउनुभयो । चक्रपथ सुधारको पहिलो चरणमा काम हुँदा उडेको धुलोका कारण महानगर आलोचित भयो । यसलाई न्युनीकरण गर्न सकिन्थ्यो । सहरी व्यवस्थापन भोगाइ सुनाउँदै मेयर शाक्यले थप्नुभयो — नेपाल र चीनका संघ, स्थानीय सरकार तथा नागरिक स्तरमा सम्बन्ध भएको बताउँदै, नेपालका प्रधानमन्त्रीले चीनको राजकीय भ्रमणका क्रममा गर्नुभएका प्रतिवद्धतालाई ऐतिहासिक सम्बन्धको बिम्बका रुपमा चर्चा गर्नुभयो ।

भेटका क्रममा प्रतिनिधिमण्डलका नेता एवं न्युनिसिपल गभर्मेन्टका महानिर्देशक जिङ् पिङ्ले — छिमेकी मुलकका नगरहरुको समृद्धिका लागि आफूहरु लगानी गर्न इच्छुक भएको बताउनुभएको थियो । चीनको सांघाइ सहरसँग, नागरिकले गरेको आय खर्च गर्ने
ठाउँ छ, त्यसैले पनि ठूलो सम्भावना भएको सहर हुन सक्यो । आफ्नो सन्दर्भमा कुरा गर्दै महानिर्देशक जिङ् पिङ्ले — काठमाडौंको चक्रपथ सुधार र दरबार हाइस्कूल पुननिर्माणमा आफूले काम गरिरहेको र अन्य क्षेत्र पनि काम गर्न इच्छुक रहेको बताउनुभयो ।

भेटका अवसरमा सहभागी हुनुभएका सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले काठमाडौंमा चीन सरकारको सहयोगबाट चक्रपथ निर्माण भएपछि विकासमा आयाम थपिएको स्मरण गर्नुभयो भने कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले सहरी कृषिमा सिकाइ र अनुभव आदान प्रदानको सम्भावनाका विषयमा कुरा गर्नुभयो । विपद् व्यवस्थापन विभागका प्रमुख इन्द्रमान सिंह सुवालले — विपद् पछिको पुननिर्माणमा साझेदारिता सम्भावनाका विषयमा कुरा गर्नुभएको थियो ।

भेटका अवसरमा सहरी विकास व्यवस्थापन, वातावरणीय सुधार, यातायात प्रणालीको विकास एवं विस्तार, भूमिगत मार्ग निर्माणजस्ता पूर्वाधारमा लगानी गरेर आपसी व्यापार एवं नागरिक सम्बन्ध विकास गर्न सकिनेमा जोड दिइएको थियो ।

यसमा तपाइको मत