सहरको फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन शुरु

फुलपातीदेखि एकादशीसम्म जम्मा भएको फोहोरको मात्रा धेरै भएकोले नियमित अवस्थामा फर्काउने प्रयासमा महानगर

चन्द्रमणि भट्टराई
कार्तिक ५

काठमाडौं । फुलपातीदेखि पर्व विदाका क्रममा संकलन नभएको फोहोर आइतबार (द्वादशी) देखि उठाउन शुरु गरिएको छ । दशैंका बेला फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी पनि विदा दिनु पर्ने जनाउँदै महानगरले फुलपातीदेखि एकादशीसम्म फोहोर संकलन नहुने सार्वजनिक सूचना प्रकाशित गर्दै फोहोर व्यवस्थापन रोकेको थियो । यस अवधिमा निजी तथा गैर सरकारी संस्थाले गर्दै आएको फोहोर व्यवस्थापनको काम पनि रोकिएको थियो । त्यसपछि शुरु भएको संकलन, ढुवानी र अन्तिम व्यवस्थापनअन्तर्गत आइतबार करीव करीब ५०० मेट्रिक टन फोहोर ल्याण्डफिल साइट पु¥याइएको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो । दशै पर्व मनाउँदा सकेसम्म कम फोहोर उत्पादन गर्न, उद्योग,व्यवसाय, कार्यालयबाट उत्पादन हुने फोहोरमैला वाहिर निकालेर सडक, सार्वजनिक चोक, गल्ली, मठमन्दिर एवं खुल्ला नफाल्न महानगरबासीमा गरिएको आग्रहमा उहाँहरुले सहयोग गर्नुभयो । तुलनात्मक रुपमा सडकमा कम फोहोर आयो । हामी सार्वजनिक स्थलहुँदै घर घरमा भएको सबै फोहोर संकलन गर्छौं, कुँवरको भनाइ छ ।

गैसस महासंघका अध्यक्ष टीकाराम दाहालका अनुसार — निजी र गैर सरकारी संस्थाले आइतबारबाटै फोहोर बटुल्न शुरु गरिसकेका छन् । महानगरले आफ्नो क्षेत्रबाट उत्पादन हुने फोहोर टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनका लागि पु¥याउँछ भने निजी तथा गैर सरकारी संघसंस्थाले आफैंले निर्माण गरेका संकलन केन्द्रमा जम्मा गरेर ल्याण्डफिल साइटमा लाने गरेका छन् ।

 

 

यसमा तपाइको मत