जापानको फुकुओका सहरमा १२ औं एशिया प्यासिफिक सिटी समिट हुने

माघ ११

काठमाडौं । जापानको फुकुओका सहरमा आउँदो अगस्ट १ देखि ३ तारिखसम्म १२ औं एशिया प्यासिफिक सिटी समिट हुने भएको छ । फुकुओका सहर र संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम, एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले आयोजना गर्ने समिटमा सहभागी हुन फुकुओका नगरका उपप्रमुख सडकरी अत्सुहितोले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई निमन्त्रणा दिनुभएको छ । निमन्त्रणा गर्न उपप्रमुख अत्सुहितो विहीबार प्रमुख शाक्यको कार्यकक्षमा पुग्नुभएको थियो । 

निमन्त्रणा प्राप्त गरिसकेपछि मेयर शाक्यले समिटमा सहभागी हुने विषयमा पछि औपचारिक पत्राचार गर्ने बताउनु भयो । मेयर शाक्यले कुराकानीका उठेका सवालमध्ये एक प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो — पूर्वाधारका हिसावले सम्मन्न देशका कतिपय स्थानमा सामाजिक भाव छैन । यसले विकास कसकालागि हो भन्ने प्रश्न सृजना गरेको छ । यसलाई मध्यनजर गरेर काठमाडौंको विकासलाई नागरिकको साझेदारिता र सहभागितामा अघि बढाउँदैछौं ।

निमन्त्रणा प्रदान गर्दै उपमेयर अत्सुहितोले — फुकुओका सहरको इतिहास लामो नभए पनि काठमाडौंको सहरी व्यवस्थापनमा सिक्न सकिने विषय रहेको बताउनु भयो । उहाँको भनाइ थियो — हाम्रो सहरमा ३ हजार बढी नेपाली विद्यार्थी छन् । उनीहरुलाई बस्न नगरपालिकाले कार्ड दिनु पर्छ । त्यसकालागि हामीले नेपाली भाषा बुझ्ने जनशक्ति राखेका छौं । 

सिटी समिटमा सहरी पूर्वाधार विकासका अभ्यासमा नगरहरुले गरिरहेका काम र सिक्न वा सिकाउन सकिने सफल अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तथा आपसी ज्ञान र सीप आदान प्रदान गरिनेछ । समिटमा नगरका प्रतिनिधसँगै विश्व वैङ्क, संयुक्त राष्ट्र संघीय कार्यक्रमका प्रतिनिधिलगायतको सहभागिता रहनेछ । 

जापानको फुकुओका नगरका उपप्रमुख सडकरी अत्सुहितो काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई, जापानको स्थानीय कला भरिएको उपहार दिँदै

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत