चौपाया अनुगमनमा तीब्रता

अब महानगरको अनुगमन मौसमी हुँदैन, निरन्तर चल्छ — उपमेयर खड्गी श्रेष्ठ

 

चन्द्रमणि भट्टराई
असोज २५

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीबै्र बनाएको छ । यसै क्रममा बिहीबार कलंकी, बालाजु, बिजुलीबजार र टुकुचाका चौपाया विक्री केन्दैको निरीक्षण गरिउो । महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको नेतृत्वमा गएको अनुगमनमा महानगरको कृषि विभाग, वातावरण विभाग, जनस्वास्थ्य महाशाखा, नगर प्रहरी महाशाखा, ट्राफिक प्रहरी र महानगरीय प्रहरीका प्रतिनिधि थिए ।

अनुगमनबाट बजारको अवस्था र आवश्यकता हेरिसकेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — मौसमी अनुगमनले थप जटिलता निम्त्याउने बताउँदै, अव महानगरले बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो । कति ठाउँमा सुधार गर्नु पर्ने कति ठाउँमा नियमन गर्नु पर्ने भेटियो । अनुगमनपछिको प्रतिक्रियामा उपप्रमुख खड्गी श्रेष्ठले — सहभागितामुलक सुधारका काम र कानुन नमान्नेका लागि नियमनका विधिबाट दायरामा ल्याउने योजना सुनाउनु भयो । अनुगमनका क्रममा ढुवानीकर्ता, विक्री व्यवस्थापक र उपभोक्तासँग चौपाया उपलब्धता र स्वच्छ मासुको सुनिश्चितताका विषयमा कुराकानी गरिएको थियो ।

महानगरले हिजैबाट पशुचिकित्सकसशतिको पशु स्वास्थ्य परीक्षण टोली बिक्री केन्द्रमा खटाइ सकेको छ । टोलीले बजारमा आइपुगको चौपायाको स्वास्थ्य परीक्षण गरेर विक्रीको योग्यता र अयोग्यता निर्धारण गर्छ । बुधबार भएको महानगरका ४ वटा चौपाया बिक्री केन्द्रमा २,५११ चौपाया जाँचिएका थिए । जसमा सबैभन्दा बढी कलंकीमा १२४५ वटा खसी, १६५ वटा बोका, ६० वटा भेडा, ७ वटा थुमा (भाले भेडा) र ३६५ वटा च्याङ्ग्राको जाँचिएका थिए । यीमध्ये २ वटा खसी खान अयोग्य थिए भने एउटा खसी मरेको भेटिएको थियो । त्यस्तै एउटा विरामी बाख्री पनि भेटिएको थियो ।

बालाजु बजारमा बुधबार एउटा बोको र ६ वटा खसी मात्र थिए भने बिजुली बजारमा १८४ वटा खसी थिए । उता टुकुचामा ४१४ वटा खसी र ५० वटा बोका थिए । कलंकीबाहेक अन्य क्षेत्रमा ल्याइएका सबै चौपाया निरोगी थिए । चौपाया स्वस्थ्यताका विषयमा जानकारी दिँदै कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बिक्रीका लागि ल्याइने चौपायाको संख्या वृद्धिसँगै कामको चाप पनि बढ्दै जाने बताउनुभयो ।

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत