बिरामीले कहिले निःशुल्क रगत पाउने

चन्द्रमणि भट्टराई
असोज २२

m-blood-2काठमाडौं । विरामीले कहिले निःशुल्क रगत पाउने? स्वयम्सेवी रक्तदाता समाजले हरेक समारोहमा आवाज उठाउँदै आएको छ । रक्तदाताले निःशुल्क दान गरेको रगत पाउने बिरामीले पनि निःशुल्क नै पाउनु पर्छ । यसको परीक्षण र व्यवस्थापनका लागि खर्च चाहिन्छ भने त्यो खर्च सरकारले व्यहोर्नु पर्छ । समाजका अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य भन्नुहुन्छ — सरकार दिन तयार छ, नेपाल रेडक्रसले यसको व्यवस्थापन गर्न सकिरहेको छैन । सरकारले दिन खोजेको कुरा लिनु पर्छ र बिरामीलाई निःशुल्क दिनुपर्छ । यस विषयमा ब्लड बैङ्कका निर्देशक डा. मनिता राजकर्णिकार भन्नुहुन्छ — रगत व्यवस्थापनमा लागत शुल्क समायोजन हुने चरण छ । खर्च बढेको बढ््यै छ । नयाँ खालका परीक्षण गर्नु पर्ने हुन पनि सक्छ । यसमा सरकारले प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सम्भवत दशैं पछाडि निर्णय हुन्छ होला ।

मुल्य समायोजनपछि रक्तदान र व्यवस्थापनका लागि आवश्यक पर्ने औजार तथा उपकरणमा सरकारले सहयोग गर्ने हो भने रेडक्रसलाई निःशुल्क रगत व्यवस्थापन गर्न आपत्ति छैन ।

रगतको सवकल्प रगत नै हो । एकजनालाई अभाव भयो भने अर्कोले दिएर आवश्यकता पूरा गराउनु पर्छ । बिरामीको जीवन रक्षाका लागि नभइ नहुने अर्थात् जीवन मृत्युको संघर्षमा आवश्यक पर्ने भएकोले यस्तो अमुल्य बस्तुको मुल्य राख्न नहुने तर्क अहिले बलियो बन्दै गएको छ । यदि मुल्यकै कारण कसैले रगत नपाउने र रगत नभएकै कारण विरामीको मृत्यु हुने अवस्था आयो भने मानवीय संवेदनाका हिसाबले लज्जा हुने अवस्था सृजना हुने भएकोले पनि आवाज दरिलो बन्दै गएको हो ।

 

 

 

यसमा तपाइको मत