ककनी गाउँपालिकालाई एम्बुलेन्स

उपत्यकाका सबै नगरपालिका स्थानीय समस्याप्रति संवेदनशील

चन्द्रमणि भट्टराई
असोज २१

DSC_2521काठमाडौंं । आइतबार काठमाडौं महानगरले ककनी गाउँपालिकालाई एउटा एम्बुलेन्स प्रदान गरेको छ । फोहोर प्रभावित स्थानीयबासीको आकस्मिक स्वास्थ्य समस्या समाधान गर्ने उद्देश्यले गएको बर्ष भएको लिखित सहमतिबमोजिम एम्बुलेन्स प्रदान गरिएको हो । गाउँपालिकाका प्रमुख मानबहादुर लामालाई एम्बुलेन्सको साँचो दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — काठमाडौं उपत्यकाको फोहोर राख्ने ठाउँ दिने, नुवाकोट र धादिङ् जिल्लाका स्थानीयका समस्या समाधान गर्न उपत्यकाका सवै नगरपालिका संवेदनशी भएको बताउनु भयो । अहिले हामीले स्थानीयसँग जनप्रतिनिधिमार्फत गरिएका लिखित बाचा पूरा गर्दैछौं । तर हामी यति मात्र होइन नलेखिएका र मानवीय संवेदनामा आधारित काम पनि गर्छौं । सोही अवसरमा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — स्थानीयका मागलाई सहजतापूर्वक लिँदै फोहोर व्यवस्थापनका दिगो समाधान खोज्ने बाटो नछोडेको बताउनुभयो । गएको बर्ष मेयर साबको निर्देशनमा स्थानीयलाई एम्बुलेन्स दिन्छौं भनेकी थिएँ । अहिले दिएका छौं । उहाँले गएको बर्षको अवस्था स्मरण गर्दै थप्नुभयो — यतिले स्थानीयका सवै समस्या समाधान भए भन्ने हामीले सोचेका छैनौं । उहाँहरुका समस्या क्रमश समाधान गर्दै जानेछौं ।

DSC_2444स्थानीयको स्बास्थ्य जटिलतामा उपत्यकाका नगर जवाफदेही नभएको आरोप लगाएर गएको बर्ष फोहोर रोकिएपछि काठमाडौं र ललितपुर महानगरले एक÷एकवटा एम्बुलेन्स दिने लिखित सहमति भएको थियो । यसरी प्रदान गरिने एउटा ककनी गाउँपालिकालाई र अर्को धुनीबेँसी नगरलाई दिने सहमति अनुसार काठमाडौंले उपलब्ध गराएको एम्बुलेन्स ककनीलाई प्रदान गरिएको हो भने ललितपु महानगरले प्रदान गर्ने एम्बुलेन्स धुनीबेँसी नगरलाई दिइनेछ । ललितपुर महानगरकी उपप्रमुख गीता सत्याल भन्नुहुन्छ — हामीले खरिद कार्य अघि बढाइसकेका छौं । यो प्रक्रिया सकिेन वित्तिकै हामी पनि एम्बुलेन्स दिन्छौं । उपप्रमुख सत्यालले विगतमा भएका कमजोरी सुधार गर्न निकै कठिन भइरहेको अनुभूति गरिरहनु परेको अनुभव सुनाउनुभएको थियो । स्थानीयका लािग धेरै काम गर्न बाँकी छन्, हामीलाई थाहा छ, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला भन्नुहुन्छ — समस्या समाधान गर्ने दिशामा काठमाडौंका जनप्रतिनिधिको एउटै आवाज छ । स्थानीय संवेदनशीलतामा कसैको पनि दुई मत छैन । त्यसैले मिलेर समस्याको समाधान खोज्नुपर्छ ।

एकमाथि अर्को समस्याको चाङ्मा बसेर सहरको बाटो हेरिरहेका स्थानीयबासीलाई दिगो राहत दिनुपर्छ । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादर लामा — बञ्चरे डाँडामा सक्दो छिटो फोहोर पु¥याउने काम गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ । फोहोर व्यवस्थापनमा भएका कमजोरीले स्थानीयमा रोगव्याध बढेको छ । यसैकारण मानवीय क्षति नहोस् भन्नेमा सवै गम्भीर हुनुपर्छ । अध्यक्ष लामाको माग छ ।

महानगरले प्रदान गरेको एम्बुलेन्स आजै नुवााकोट लगिएको छ । सार्वजनिक खरिद प्रक्रियाबाट महानगरले गएको शुक्रबार मात्र एम्बुलेन्स प्राप्त गरेको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

 

यसमा तपाइको मत