वडा नं. १० का ४ ठाउँमा फ्रि वाइफाइ सेवा शुरु, सुरक्षालागि १६ वटा सिसिटिभि जडान

माघ १०, 

काठमाडौं । महानगरको वडा नंं १० ले मानिसहरुको चहलपहल हुने ४ वटा सार्वजनिक स्थानमा फ्रि वाइफाइ सेवा शुरु गरेको छ । वुधबार एक औपचारिक कार्यक्रममाझ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, छक्कुपक्कु मन्दिर (वानेश्वर पार्क), सानो गौचरन, थापागाउँ चोक र वुद्धनगर सेतो गणेश मन्दिर चोकमा निशुल्क वाइफाइ सेवा थालनीको थालनी गर्नु भयो । सोही समारोहमा प्रमुख शाक्यले सहभागिता मार्ग र रुद्र मार्गमा राखिएका १६ वटा सिसिटिभि क्यामराको पनि शुभारम्भ गर्नुभयो । 

सेवा शुरुवात्पछि समारोहमा बोल्दै प्रमुख शाक्यले — राजनीतिक नेतृत्वमा कम र विकासे कामको नेतृत्वमा बढी सक्रिय हुनु पर्ने दिन आएको बताउनु भयो । उहाँले भन्नुभयो — सहरलाई समृद्ध बनाउनु त छँदैछ, यसबाहेक अव सुरक्षित र व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्छ । यसकालागि म प्रतिवद्ध छु ।

सो अवसरमा बोल्दै वडा नंं १० का वडाध्यक्ष रामकुमार केसीले वडामा साना तिना योजना बनाउनु प¥यो भने पनि १० लाख बढी लागत अनुमान हुन्छ । यसप्रकारको योजना स्वीकृत गराउन केन्द्रमा जानुप¥यो भने नागरिकले चाहेको विकास दिन सकिँदैन । मेयर सावले यो विषयलाई गम्भीर भएर सोचिदिनुप¥यो । जडान भएका सिसिटिभि क्यामरा र निशुल्क वाइफाई सेवाका विषयका बोल्दै वडाध्यक्ष केसीले भन्नुभयो — ५० मिटर दुरीको दृश्य संग्रह गर्ने क्षमता भएका सिसिटिभिले नागरिकलाई सुरक्षित महसुस गराएको छ । क्यामरा जडान गर्ने वित्तिकै हेल्मेट चोर्ने, पसलबाट तेलको कार्टुन चोर्ने, दुर्घटना गरेर भाग्ने व्यक्ति पक्राउ परिसकेका छन् भने लागू पदार्थका दुव्र्यसनीहरु निगरानीमा छन् । 

करीव १४ लाख रुपैयाँ लागत अनुमानमा थालिएको प्रविधि जडानले वडालाई स्मार्ट र सुरक्षित वडाका रुपमा विस्तार गर्ने आधार तयार भएको वडा सचिव प्रकाश खड्काको भनाइ छ । 

निशुल्क वाइफाई जडान भएका ठाउँमा पुग्ने सेवाग्राहीले मोवाइल खोलेर कनेक्ट गरेपछि पहिलो पटक सेवा लिन सक्छन् । यसरी कनेक्ट भइसकेपछि १ घण्टापछि सेवा निरन्तर गर्न अपडेट गर्नुपर्छ । एक ठाउँबाट १ पटकमा ५०० व्यक्तिले एकैपटक सेवा पाउँछन् ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत