पछिमा बाजा प्रतियोगिता सम्पन्न

केन्द्रीय मानन्धर संघ भाजुबिर सिरपा उप–समितिको आयोजनामा यहि २०७५ असोज १५ गते नेपाः ब्यांक्वेट, खुसिबुँमा पछिमा बाजा प्रतियोगिता सम्पन्न भयो ।

मानन्धर समुदाय बिच भएको सो प्रतियोगितामा पुलास शिवरात्री गुथि थेखाच्व, भक्तपुरको लक्ष्मीप्रसाद मानन्धरले प्रथम पुरुस्कार जित्न सफल भयो भने शिवा साय्मि खलः थिमिका नजरमान मानन्धर र साकोलां सिलाचःह्रे गुथि, भक्तपुरका विष्णु बहादुर मानन्धरले क्रमशः दोश्रो र तेश्रो पुरुस्कार हात पार्न सफल भयो ।

सिरपा (पुरुस्कार) दाता एवं प्रतियोगिता संयोजक लक्ष्मीदास मानन्धरले बिजेताहरुलाई प्रमाणपत्र सहित क्रमशः ५००००।–, ३००००।– र २००००।– को चेक हस्तान्तरण गर्नुभयो ।

प्रतियोगितामा शिवा साय्मि खलः थिमिका नजर मान मानन्धर, चस्वांद्धो मानन्धर सनागु खल, काठमाडौंका त्रिरत्न मानन्धर, सक्व मानन्धर गुथि साँखुका रामभक्त मानन्धर, थिमि मानन्धर संघ थिमिका विवेक मानन्धर, वाँख्यः दाफा भजन खलः बनेपाका विश्वराम भुयू मानन्धर, पाक्व पुखुद्यां मानन्धर सना गुथि, काठमाडौंका मिजः मानन्धर, पुलास शिवरात्री गुथि थेखाच्व भक्तपुरका लक्ष्मी प्रसाद मानन्धर, थँहिति मानन्धर गुथि काठमाडौंका सुजित मानन्धर, तापालाछी शिवरात्री गुथि भक्तपुरका न्हुछे नारायण मानन्धर र साकोलां सिलाचःह्रे गुथि भक्तपुरका विष्णु बहादुर मानन्धर समेत गरी उपत्यकाबाट १० वटा समुह सहभागी भएको थियो

प्रतियोगिताको निर्णायक मण्डलमा वाद्यगुरुहरु न्हुछे बहादुर डंगोल, सूर्य नारायण महर्जन र धर्म मुनिकार रहेका थिए ।

लक्ष्मीदास मानन्धरको बाज्ये भाजुबिर मानन्धरको नामबाट स्थापना गरिएको सो भाजुबिर सिरपाको लागि मानन्धर समुदाय बिच विभिन्न समयमा विभिन्न बाजाहरुको प्रतियोगिता गर्दै आइरहेको छ ।

यसमा तपाइको मत