दशै लक्षित विशेष सरसफाइमा वडाहरु

चन्द्रमणि भट्टराई
असोज १३

DSC_9748DSC_9763काठमाडौं । महानगरका वडाहरुले दशै लक्षित विशेष सरसफाइ शुरु गरेका छन् । यसो त हरेक साताको शनिवार कुनै न कुनै रुपले सरसफाइ भइ नै हुन्छ तर अबको सरसफाइ दशै पर्व लक्षित हुनेछ वडाध्यक्षहरुको भनाइ छ — पर्वमा चहलपहल हुने, आवागमन हुने तथा स्थानीयमा पर्वको महसुस गराउने ठाउँमा सफाइ गरिनेछ र यस सफाइमा स्थानीयलाई नै सहभागी गराइनेछ ।

यसरी सफाइ गर्दा सडकमा जम्मा भएको धुलो, पतिङ्गर बटुल्ने, झारपात उखेल्ने काम गरिनेछ । यसका दुईवटा फाइदा छन्, वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार भन्नुहुन्छ — सफाइले एकातिर सुन्दरता बढाउँछ, अर्कोतिर स्थानीयमा जथाभावी फोहोर फाल्नुहुन्न भन्ने भावना जगाउँछ । यसबाट धुँवा धुलोमा न्युनीकरण हुन्छ । महानगरको सफाइ अभियानमा स्थानीयसँगै प्रहरीहरु पनि सहभागी हुने गरेका छन् । शनिवार वडा ११ ले थापाथली चोकबाट बबरमहल चोकसम्म पुग्ने भित्री रुटको सफाइमा प्रहरीहरुको राम्रो सहभागिता थियो ।

यसरी गरिने सफाइमा महानगरले सफाइमा आवश्यक पर्ने सामाग्री तथा उपकरण उपलब्ध गराउने गरेको छ भने सफाइपछि उत्पादन भएको फोहोरलाई अन्तिम व्यवस्थापन गर्ने गरेको छ । यससँगै चोक तथा गल्लीमा भएका विरुवामा पानी हाल्ने, धुलो भएको ठाउँमा पानी छर्कने, सडक निर्माण तथा पुननिर्माण भएको ठाउँमा पानी हाल्ने कामलाई वातावरण व्यवस्थापन विभागले निरन्तर कामका रुपमा अघि बढाएको छ । यसबाट वायु प्रदुषणमा कमी आउने महानगरको अपेक्षा हो । 

 

यसमा तपाइको मत