ठमेलमा पर्यटन महोत्सव

ठमेलले पर्यटन व्यवस्थापनमा अरुलाई सिकाउने क्षमता राख्नुपर्छ — मन्त्री अधिकारी

चन्द्रमणि भट्टराई
असोज ११

DSC_9119काठमाडौं । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ठमेल पर्यटन विकास परिषद्ले ठमेल पर्यटन महोत्सव आयोजना गरेको छ । विश्व पर्यटन दिवसका अवसर पारेर ठमेलको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले — ठमेलले नेपालका अन्य पर्यटकीय स्थानलाई पर्यटन प्रवर्धनको अभ्यास सिकाउनु पर्ने बताउनुभयो । ठमेलले लामो समयदेखि पर्यटन व्यवस्थापनमा ज्ञान र सीप हासील गरेको छ । यो पाठबाट अरुलाई काम गर्न सजिलो हुन्छ । मन्त्री अधिकारीको भनाइ थियो । सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने तयारीमा रहेको बताउँदै मन्त्री अधिकारीले — पर्यटक आवागमनबाट नेपालीको प्रति व्यक्ति आयमा पार्ने प्रभावबाट कार्यक्रमको मुल्याङ्कन गरिने बताउनुभयो ।

DSC_9019कार्यक्रममा पर्यटन परिषद्का अध्यक्ष समीर गुरुङ्ले ठमेललाई — विद्युतीय प्रणालीमा आधारित बनाएर विश्वका जुनसुकै ठाउँबाट पनि वास्तविक समयमा अवलोकन गर्न मिल्ने बनाउने योजना कार्यान्वयन चरणमा रहेको बताउनुभयो । उहाँका अनुसार ५०० वटा क्यामराबाट प्राप्त दृश्यलाई विद्युतीय प्रणालीमा आवद्ध गराइनेछ । नेपालका जातजातिले प्रस्तुत गर्ने झाँकीहरु हाम्रा पहिचान हुन्, परिषद्का प्रथम उपाध्यक्ष प्रकाश नरसिंह राणा भन्नुहुन्छ — घुम्न रुचाउने पर्यटकलाई यी झाँकीले आकर्षित गर्छन् । एक घण्टा घुम्दा थरी थरीका जातजाति देख्न पाउनु, अनेक भेषभुष हेर्न पाउनु दुर्लभ दृश्य हो । राणा भन्नुहुन्छ — यसलाई संस्थागत गरेर अघि बढाउने योजना छ । यो विशेषतायुक्त ठमेलको अवस्थालाई सरकारले सामान्य नजरभन्दा माथि उठेर अभिभावक क्षेत्रका रुपमा हेर्नु पर्छ, परिषद्का महासचिव भविश्वर शर्माको सरकारसँग माग छ ।

महोत्सवका अवसरमा ठमेलका चोकहरुमा सांस्कृतिक झाँकी राखिएका छन् । स्थानीय उपसमितिको संयोजनमा राखिएका झाँकीहरुमध्ये ज्याठा चोकमा मगर जातिको, पर्यटन मार्गमा शेर्पाको, बैशाली चोकमा सुनुवारको, क्ववहाल डवलीमा किराँत राई यायोख्खाको, नरसिंह गेटमा नेवारको, जे. वि. मार्गमा तामाङ्को, सात घुम्ती चोकमा किराँत याक्थुङ् चुम्लुङ्को, भगवती मार्गमा गुरुङ र नरसिंह चोकमा या खाँका झाँकीहरु प्रदर्शित छन् । यी झाँकीहरुको संयोजन क्रमशः ज्याठा ठमेल, पर्उटन मार्ग, बैशाली, मैत्री परिवार, त्रिदेवी मार्ग, ठमेल रात्रीकालीन , आर्टस, ठमेल मार्ग र जे. पि. मार्ग उपसमितिले गरेका हुन् ।

महोत्सवबाट नेपाल पर्यटन बर्षको सन्देश संसारका कुनाकुनामा पु¥याउने परिषद्ले लक्ष्य राखेको छ ।

 

 

यसमा तपाइको मत