कुमारी क्लव सामुदायिक भवन बनाउँदै, शुक्रबार शिलान्यास गरियो

चन्द्रमणि भट्टराई
असोज ५

DSC_8124काठमाडौं । काठमाडौंको बल्खुस्थित श्रीकुमारी क्लवले सामुदायिक भवन निर्माण शुरु गरेको छ । समाज व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने क्रममा साझेदार निकाय र स्थानीय सहभागितामा भवन निर्माण गर्न लागिएको हो । शुक्रबार विहान उमामहेश्वर मन्दिर परिसरमा शास्त्रीय विधिबमोजिम भवनको शिलान्यास गर्दै, क्लवका अध्यक्ष मोहन बस्नेतले — सामाजिक कामका लागि सामुदायिक भवन र खेलकुदका लागि बास्केटबल कोर्ट निर्माण गर्ने बताउनुभयो । खेलकुदले शारीरिक तन्दुरुस्ती सँगै सामाजिक तन्दुरुस्ती पनि दिन्छ । अध्यक्ष बस्नतले थप्नुभयो — हामी व्यक्ति—व्यक्तिलाई जोडेर व्यवस्थित समाज बनाउँछौं । यही बाटोबाट राष्ट्रिय समृद्धिमा पुग्ने हाम्रो लक्ष्य हो ।

भवन निर्माणका लागि करीव ३० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । यसबाट ४ कोठाको भवन निर्माण हुनेछ । यस काममा व्यक्तिले आर्थिक सहयोग गरे, उहाँहरुको नाम उपलब्ध गराइएको रकमका आधारमा उल्लेख गरेर भवनमा राख्ने क्लवको योजना छ । भवन महानगरको वडा १४, उमामहेश्वर मन्दिर परिसरमा करीव ४ आना जग्गामा निर्माण हुनेछ ।

श्रीकुमारी क्लव बि डिभिजन फुटबल क्लव हो ।

यसमा तपाइको मत