बिहान ८ बजेर ५ मिनेटको साइतमा बसन्तपुरमा इन्द्रध्वज ठड््याइयो

इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु

चन्द्रमणि भट्टराई
असोज ५

@nepashreefoto_20180920_390-2काठमाडौं । शुक्रबार विहान आठ बजेर पाँच मिनेटको साईतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज –लिङ्गो) ठड््याएपछि यसपालीे इन्द्र जात्राका कार्यक्रम विधिवत् शुरु भएका छन् ।

नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेपछि लिङ्गो ठड््याउने चलन छ । इन्द्रध्वजका रुपमा गाडिने लिङ्गो ल्याउन भाद्र २६ गते गुठीयारहरु भक्तपुर गएका थिए । यसलाई वनयात्रा भन्ने गरिन्छ । त्यसै दिन राती ९ बजेर २१ मिनेटको साइतमा लिङ्गो काटिएको थियो । त्यसको भोलिपल्टदेखि लिङ्गो नगर प्रवेश गराउने काम थालनी भयो । त्यस क्रममा भाद्र २९ गते तीनधारा पाठशालामा ल्याइपु¥याइएको थियो भने असोज १ गते बसन्तपुर पु¥याइएको थियो ।

शुक्रबार बसन्तपुरमा इन्द्रध्वज ठड्याउनु अघि किलागलका ज्यापु समुदायले परम्परागत तान्त्रिक देवी प्रस्तुत गरेका थिए भने गुर्जुको पल्टनले साईतको तोप पड्काएका थिए ।

यस दिनलाई नेवार समुदायका मानिसहरुले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन् । आज बेलुका करीब ८ बजे गणेश र भैरवलाई कुमारी घरमा ल्याउने चलन छ । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । यस अघि एकादशीका दिन सरकारतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ ।

इन्द्र जात्रामालिङ्गो ठड््याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा लिङ्गो ठड््याउन थालिएको र त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अघि यसरी नै लिङ्गो ठड््याइन्थ्यो भन्ने भनाइ छ । इन्द्रध्वजलाई उल्लास, विजय र उत्सवका रुपमा हेर्ने गरिन्छ ।

यस बर्ष असोज ८ गतेबाट कुमारी रथयात्रा शुरु हुँदैछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति बसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि सोही दिन तल्लो टोलमा रथ यात्रा हुनेछ भने ९ गते माथिल्लो टोलमा र जात्राको अन्तिम दिन असोज १२ गते बीचको टोल रथयात्रा सँगै यस बर्षका लागि इन्द्रजात्राको कार्यक्रम सम्पन्न हुनेछन् ।

 

Tags

#IndraDhoj

यसमा तपाइको मत